सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानून कार्यान्वयन गराउन पहल गर्छु : मन्त्री खतिवडा


  •    न्युजभित्तो/८ मंसिर २०७८, बुधबार १५:४४ 
  • काठमाडौँ, ८ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने जानकारीदिनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, एक्सन नेपाल, एपीक्याट र द युनियनको सयुक्त रुपमा आज यहाँ आयोजित ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकमा उहाँले जुनसुकै उपाय अपनाएर भए पनि सूर्तिजन्य पदार्थको सेवनमा रोकथाम र नियन्त्रण गर्न पहल गरिने बताउनुभयो ।

    सूर्तिजन्य पदार्थको सेवनबाट बार्षिक रुपमा ठूलो संख्यामा मानिसको मृत्यु भएको जान्दा जान्दै पनि मानिस यसको कुलतबाट बाहिर निस्कन नसकेको जनाउँदै उहाँले अब चिकित्सक तथा स्वास्थ्यकर्मीले कुनै डर सिर्जना गरेर भएपनि यसको सेवनलाई निरुत्साहित गर्नुपर्छ भन्नुभयोे । उहाँले सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेका ऐनलाई प्रभावकारी कार्यन्वयन गर्ने समेत बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले नसर्ने रोगको प्रकोप भयावह रुपमा बढदै गएको जनाउँदै यसलाई रोकथाम गर्नका लागि पनि सुर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । उहाँले अन्तरक्रियाबाट निस्कने निष्कर्षलाई हेरेर आवश्यक परेमा मन्त्रालयबाट थप कदम चाल्ने समेत प्रतिवद्धता जनाउनुभयो ।

    कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सूर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा सूर्तीजन्य बनेका ऐन, कानूनलाई कडाइका साथ लागू गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले मासिक रुपमा कम्तीमा दुई अर्व रुपैयाँ नेपालीले चुरोटको धुवामा उडाउने गरेको जनाउँदै त्यो भन्दा बढी मानवीय क्षति पु¥याउने बताउनु भयो ।

    परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले सूर्तीजन्य सेवनबाट बर्षेनी हजारौँ मानिसको अकालमा नै मृत्यु हुने गरेको बताउनुभयो । यसको रोकथामका लागि नीतिमा थप संसोधन आवश्यक पर्न सक्ने जनाउँदै त्यसअघि अनुसन्धानको पाटोलाई अघि बढाउनुपर्छ भन्नुभयो ।

    सो अवसरमा उहाँले परिषदले सूर्तिजन्य पदार्थ र नसर्ने रोगको नियन्त्रणका लागि गरेका अध्ययन् अनुसन्धानका बारेमा जानकारी दिनुभयो । कार्यक्रममा शहीद गङ्गालाल हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले सूर्तीजन्य पदार्थको सेवनबाट धेरैनै मानिसलाई हृदयघात हुने गरेको बताउनुभयो । उहाँका अनुसार विगत १० वर्षमा हृदयघात हुने सङ्ख्या ४६ प्रतिशतले बढेको उल्लेख गर्दै हृदयघात हुने सबैभन्दा बढी सूर्तीजन्य पदार्थको सेवन गरेको युवा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी हृदयघाट चुरोट सेवनबाट हुने गरेको छ ।

    कार्यक्रममा द युनियन एसिया प्यासेफिक क्षेत्रीय निर्देशक डा तारासिंह बमले सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून राम्रो भएपनि सरकारले त्यसको कार्यान्वनय राम्ररी गर्न नसकेको बताउनुभयो । उहाँले कानून कार्यान्वयनका लागि व्यक्तिगत सामुहिक र राजनीतिक रुपमा समेत प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले डव्लुएचओ एफसीटीसीको पक्षराष्ट्र भएको मुलुकले कानून सोही अनुसार नै बनाएपनि कार्यान्वयन तह फितलो भएको बताउनुभयो । नेपाल सूर्तिजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने दक्षिण एसियामै पहिलो भएको र कम करका कारण सूर्तिजन्य पदार्थको मूल्य सस्तो भएको र आम गरीव जनतामा यसको प्रयोगदर उच्च भएको बताउनुभयो । उहाँले राज्यले बनाएको ऐन तथा निर्देशिकाले सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र छाप्ने व्यवस्था भएको भएपनि बर्षौ देखि स्वदेशी उद्योगले त्यसको कार्यान्वनय गर्न अटेरी गरेको जानकारीदिनुभयो ।

    स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले नसर्ने रोगको प्रमुख कारक सूर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न नेपालका सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्दै आएको जनाउँदै राज्य पक्षबाट पनि यस्तै अपेक्षा राखेको बताउनुभयो । उहाँले मञ्चले विभिन्न समयमा विभिन्न संघसंस्थासंग सहकार्य गरी अन्तरक्रिया तथा ओरिन्टिेसन कार्यक्रम गरेको जानकारीदिनुभयो । कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनील शर्मा, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रकाशप्रसाद साह, स्वास्थ्य अर्थशास्त्री देवी प्रसाईं, डव्लुएचओ नेपालका नसर्ने रोग हेर्ने अधिकारी डा लोनिम दीक्षित लगायतले आफ्ना प्रस्तुतिकरण र धारणा राख्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.