सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीपहिरो पीडितलाई राहत वितरण


  •    न्युजभित्तो/८ मंसिर २०७८, बुधबार १५:०७ 
  • डोटी, ८ मङ्सिर  । गत असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरामा परी पीडित भएका सायल गाउँपालिका–१ का पीडितलाई राहत वितरण गरिएको छ ।

    मिसो नेपालको आर्थिक सहयोग तथा कारितास नेपाल र सामुदायिक विकास मञ्चको सहयोगमा उक्त वडाका ३० घरपरिवारलाई राहत वितरण गरिएको हो । बाढीपहिराले खेती बगाएको तथा घर बगाएर पीडित भएका परिवारलाई प्रतिपरिवारलाई कम्बल दुई, त्रिपाल एक, ३० किलो चामल, पाँच किलो दाल, तीन लिटर खाने तेल तथा एक किलो नून वितरण गरिएको कारितास नेपालका अनुगमन मूल्याङ्कन अधिकृत माया बमले जानकारी दिनुभयो ।

    बाढीपहिराका कारण खेतीयोग्य जमिन तथा घर नभएर पीडित भएका परिवारलाई संस्थाले खाद्यान्नलगायत लत्ताकपडासहित राहत वितरण गरेपछि पीडित खुसी भएका छन् । उक्त बाढीपहिराका कारण जिल्लामा १६ जनाको ज्यान गएको थियो भने एक जना बेपत्ता भएका छन् ।

    यहाँका अधिकांस बाढीपहिरो पीडितको अहिलेसम्म पनि पालमुनी बास भएको छ । बाढीपहिरामा ज्यान गुमाएका परिवारलाई सरकारले जनही रु दुई लाखका हिसाबले राहत प्रदान गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.