चितवन,८ मङ्सिर । नेकपा एमालेका सचिब योगेश भट्टराईले नेकपा एमाले भित्रको समुह भनेकै नेकपा एमाले रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले १० औं महाधिबेशनमा नेकपा एमालेको समुह वन्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो “नेकपा एमाले भित्र समुह छ । त्यो समुह भनेको नेकपा एमालेनै हो ।”आँफु १० औं महाधिबेशनमा सचिबको उम्मेदवार रहने वताउँदै उहाँले अहिलेनै माथिल्लो पदमा जन नखोजेको बताउनुभयो । उहाँले भन्नुभयो “लामो यात्रामा हिड्दा कहिले काहि चौतारीमा बस्नु पर्छ । म अहिले चौतारीमा बस्दै छु । सचिब पदमा उठ्ने तयारी गरेको छु ।” आँफुनो उमेर अझै १५ वर्ष एमालेमा रहने रहेको भन्दै उहाँले अहिलेनै माथिल्लो पदमा जान खेज्नु लुडोमा छिटो छिटो माथि चढेर तल झर्ने सम्भावना भए झै हुने बताउनुभयो ।
एमालेको १० औं महाधिबेशनको तयारी अन्तिम चरणमा पुगेको उहाँको भनाई थियो । उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापनको काम र वन्द शत्रका लागि हल निर्माणको काम अनित चरणमा पुगेको भन्दै उहाँले नारायणी नदी किनारमा गैंडाकोट तर्फ पनि वसेर हेर्नका लागि व्यवस्था गरिएको जानकारी दिनुभयो । अहिले नेपालको सम्पूर्ण ध्यान चितवन केन्द्रित भएको भन्दै उहाँले प्रतिनिधि र नेताहरु यहाँ आउने क्रम सुरु भएको जानकारी दिनुभयो ।