सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा एमाले महाधिवेशन : नेताहरु चितवन आउन सुरु


  •    न्युजभित्तो/८ मंसिर २०७८, बुधबार १४:२५ 
  • चितवन, ८ मङ्सिर । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि नेताहरु चितवन आउने क्रम सुरु भएको छ । महधिवेशनका लागि भन्दै पार्टी सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराई र पार्टीका वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल आज दिउँसो चितवन आइपुग्नुभएको हो ।

    आज बुधबार चितवन आइपुग्नुभएका नेता भट्टराईले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै आफूले सचिवमा नै दोहो¥याउने बताउनुभएको छ । भट्टराईले पार्टीमा आफ्नो समय भएको भन्दै सचिवमा दोहो¥याउने बताउनुभएको हो । “मेरो अझै पार्टीमा समय छ” भट्टराईले भन्नुभयो, “अहिलेको चाहना पार्टी सचिवमा नै हो ।”

    महाधिवेशन तयारीका लागि आज बेलुकासम्म महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक रामबहादुर थापा बादल, पूर्वअर्थमन्त्री एवं पार्टी स्थायी कमिटी सदस्य सुरेद्र पाण्डे पनि चितवन आउने प्रचार सहयोग समिति चितवनका सचिव तिलकराम रिमालले जानकारी दिनुभयो । पार्टी नेताहरु चितवन आउने क्रम सुरु भएको भन्दै रिमालले उहाँहरुले जिल्लामा पार्टीको महाधिवेशनको तयारीका सन्दर्भमा भएका गतिविधिबारे अनुगमन तथा निर्देशन गर्ने बताउनुभयो ।

    नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र ११ र १२ गते सौराहाको होटल सेभेन स्टारमा हुँदैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.