सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिनियाँ कामदार रोकिँदा नौतले दरबार पुनःनिर्माण अवरुद्ध


  •    न्युजभित्तो/८ मंसिर २०७८, बुधबार १३:५१ 
  • काठमाडौँ, ८ मङ्सिर । मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले विसं २०७६ चैतपछि गति लिनसकेको छैन । चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो । सन् २०२२ मा सक्नेगरी सम्झौता भएको नौतले दरबार पुनःनिर्माण कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको पुनःनिर्माणमा प्राविधिक सहयोग गरिरहेको पुरातत्व विभागले जनाएको छ ।

    पुनःनिर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरिवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनाल विसं २०७६ चैतअघि नै चिनियाँ नयाँवर्ष मनाउन गएका कामदार कोरोना महामारीका कारण आउन नपाएपछि काममा अवरोध भएको स्वीकार्नुहुन्छ ।

    कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको नौतले दरबार पुनःनिर्माणको भौतिक प्रगति अहिले ८५ प्रतिशत रहेको उहाँले सुनाउनुभयो । पछिल्लो समय कोरोना जोखिम कम हुँदै गए पनि नेपाल चीनबीचको उडान नखुलेका कारण कामदार आउन पाएका छैनन् । कामदार आउन नपाए पनि यहाँ गर्न सकिने काम भइरहेको दरबार हेरचाह अड्डाले जनाएको छ ।

    विभागका महानिर्देशक दामोदर गौतम कोरोना सुरु हुनुअघि दातृ राष्ट्रले गरिरहेका काममध्येमा उत्कृष्ट काम छिटोगतिमा भइरहेको बताउनुहुन्छ । समय अझै बाँकी रहेकाले तोकिएको समयमा काम सम्पन्न गरी दुई देशबीचको सम्बन्धमा थप प्रगाढता आउने उहाँले सुनाउनुभयो । विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानो स्वरुपलाई नबिगारी क्षतिग्रस्त भागको प्रवलीकरण एवं संरक्षणको काम भइरहेको छ ।

    करिब रु १६ करोड लागतमा दरबार पुनःनिर्माण भइरहेको हो । दरबार पुननिर्माणका लागि विसं २०७४ साउन ३२ गते शिलान्यास गरिएको थियो । नेपाल भ्रमणमा रहनुभएका तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त रूपमा दरबार पुनःनिर्माणको शिलान्यास गर्नुभएको थियो । दरबार विसं १८२६ मा पृथ्वीनारायण शाहले निर्माण गराउनुभएको थियो ।

    सम्झौताअनुसार अझै करिब एक वर्ष अर्थात् सन् २०२२ को नोभेम्बरसम्म म्याद रहेको नौतले दरबारको काम चिनियाँ कामदार अब आउन पाए भने समयमा सकिन्छ । कोरोना जोखिम कम भएसँगै विदेशी पर्यटकसमेत हनुमानढोका दरबार क्षेत्रको अवलोकनमा आउने थालेकाले यस क्षेत्रमा भूकम्पले क्षतिग्रस्त संरचना छिटो पुनःनिर्माण सक्नुपर्ने भएको छ । आगामी तीन वर्षमा वसन्तपुर दरबार क्षेत्रमा भूकम्पले क्षति गरेका संरचना पुनःनिर्माण गरिसक्ने गरी काम अघि बढाइएको दरबार हेरचाह अड्डाले जनाएको छ ।
    –––

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.