सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सूचना प्रविधिमा जिल्लामै उत्कृष्ट काठेखोलाः छात्रावासले विद्यार्थीको आकर्षण बढ्दो


  •    न्युजभित्तो/८ मंसिर २०७८, बुधबार १२:५२ 
  • गलकोट, ८ कात्तिक । बागलुङ जिल्लाका १० पालिकामध्ये सूचना प्रविधिको क्षमतामा काठेखोला गाउँपालिका उत्कृष्ट भएको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्र्तगत स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा मूल्याङ्कनमा काठेखोला गाउँपालिका जिल्लामै उत्कृष्ट भएको हो ।

    मन्त्रालयअन्र्तगत सूचना तथा प्रविधि शाखाले हालै सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनका आधारमा काठेखोला गाउँपालिकाले जिल्लाको १० पालिकामध्ये सबैभन्दा बढी अङ्कभार प्राप्त गरेको छ । विद्यालयमा सिसि क्यामेरा, विद्युतीय हाजिरी, बैकल्पिक उर्जाका लागि सोलार, इन्टरनेटको पहुँच, सेवा प्रवाहमा प्रविधिको प्रयोगजस्ता विषयका आधारमा पालिकाले ६० अङ्कभार प्राप्त गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले जानकारी दिनुभयो ।

    वेभसाइट व्यवस्थापनसहित डिजिटल माध्यमबाट गाउँपालिकाले प्रदान गरेको सेवाका आधारमा काठेखोलाले जिल्लाको १० पालिकामध्ये उत्कृष्ट भएको हो । यसैगरी निसीखोला गाउँपालिकाले ५२ अङ्क प्राप्त गरेर जिल्लामा दोस्रो भएको छ । एक सय अङ्कभार रहेको प्रश्नमा बरेङले ४९, तमानखोला ४५, ढोरपाटन नगरपालिकाले ४१ अङ्क प्राप्त गरेका छन् ।

    देशरभरका ७५३ स्थानीय तहमध्ये ४३४ ले उक्त विवरण उपलव्ध गराएका थिए । जिल्लाका अन्य पाँच स्थानीय तहले भने विवरण नै उल्लेख नगरेको पाइएको छ । पालिकाको सूचना प्रविधिसँगको सामिप्यता, सूचना प्रविधि सम्बन्धी संस्थागत क्षमता र सूचनासँग जोडिएका नागरिकको सेवाका विषयका आधारमा पालिकालाई अङ्क प्रदान गरेको थियो ।

    थपियो छात्रावासको सुविधा

    धौलागिरी बहुमुखी क्याम्पसमा छात्रावासको सुविधा थप भएको छ । यसअघि छात्रहरुका लागिमात्रै आवसीय सुविधा दिँदै आएको क्याम्पसले हालै सुविधा सम्पन्न छात्रावास निर्माण सम्पन्न गरेको छ ।

    सरकारी क्याम्पसको रुपमा रहेको धौलागिरी बहुमुखी क्याम्पसमा साविक धौलागिरी अञ्चलको बागलुङसहित मुस्ताङ, म्याग्दी र पर्वत जिल्लाका विद्यार्थी स्नातक तथा स्नातकोत्तर तह अध्ययन गर्दै आएका छन् । बाहिरी जिल्लाबाट आएर कोठा भाडा तिरेर अध्ययन गर्ने विद्यार्थीका लागि लक्षित गरी छात्रावास तयार गरिएको धौलागिरी बहुमुखी क्याम्पसले जनाएको छ ।

    कोठा भाडामा बसेर समेत अध्ययन गर्न नसक्ने विद्यार्थीलाई क्याम्पसले निःशुल्क रुपमा आवासीय सुविधा दिनका लागि छात्रावास भवन सञ्चालनमा ल्याएको क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्ययाले जानकारी दिनुभयो । “विशेषगरी दुर्गमबाट आएका जेहेन्दार र गरिब विद्यार्थीका लागि त्रिभुवन विश्वविद्यालयले बनाएको नियमका आधारमा विद्यार्थी छनोट गरेर आवासीय सुविधा दिइन्छ”, उहाँले भन्नुभयो, “रु.तीन करोड लागतमा छात्राहरुका लागि सुविधा सम्पन्न आवास भवन निर्माण गरिएको छ, अहिले बेड विस्तारको तयारीमा छौं, केही समयभित्रै विद्यार्थीलाई आवासीय सुविधा दिनेछौं ।”

    दुई वर्षअघि निर्माण शुरु गरेको छात्रावासले पूर्णता पाएपछि क्याम्पसले पहिलोपटक छात्राहरुका लागि आवासीय सुविधा दिन थाल्नेछ । अहिले निर्माण भएको नयाँ भवनमा ७५ छात्रालाई राख्न सकिने क्याम्पसले जनाएको छ । छात्रावास पर्खालले घेरेर निकै सुरक्षित र सुविधायुक्त समेत बनाइएको क्याम्पसको भनाइ छ । यसअघि छात्रावास नहुँदा गरिब तथा विपन्न र दुर्गमका विद्यार्थीहरुले कोठा भाडा तिरेर अध्ययन गर्दै आएका थिए भने केही विद्यार्थी छात्रावासको अभावमा पोखरा काठमाण्डौं जाने गरेका थिए । तीन चरणमा ठेक्का सम्झौता गरी सो भवनको निर्माण सम्पन्न भएको थियो । ए.ए कन्ट्रक्सन प्रालि र सातबिसै निर्माण सेवासँग ठेक्का सम्झौता गरी भ्याट बाहेक रु एक करोड ९८ लाख ३१ हजार लागतमा सो भवनको निर्माण सम्पन्न भएको क्याम्पसले जनाएको छ । क्याम्पसका अनुसार तीन तल्ले सुविधा सम्पन्न छात्रावासभित्रै चमेनागृहको समेत व्यवस्थापनका लागि काम भइरहेको छ । छात्रावाससँगै अध्ययनका लागि वञ्चित भएका दुर्गमका जेहेन्दार विद्यार्थीलाई समेत अवसर दिइने धौलागिरी क्याम्पसका विद्यार्थी कल्याण प्रमुख कमल शर्माले बताउनुभयो ।

    “कतिपय विद्यार्थी छात्रावासको अभावमा पोखरा र काठमाण्डौंसमेत जाने गरेका थिए, त्यसमा पनि महिला विद्यार्थीलाई झनै समस्या थियो”, उहाँले भन्नुभयो, “छात्रा तथा छात्रवासले धौलागिरी क्याम्पसप्रति विद्यार्थीको आकर्षण झनै बढाउनेछ ।” दुई हजारभन्दा बढी विद्यार्थीे अध्ययन गरिरहेको सो क्याम्पसमा विज्ञान, वाणिज्यशास्त्र, मानविकी र शिक्षा सङ्कायमा स्नातक तथा स्नातकोत्तर तहको अध्यापन भइरहेको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.