सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वबाट आउने गाडी भरतपुर र पश्चिमबाट आउने गाडी गैँडाकोटमै रोक्ने तयारी


  •    न्युजभित्तो/८ मंसिर २०७८, बुधबार ०९:४८ 
  • चितवन,८  मंसिर । नेकपा एमालेको १० औँ महाधिवेशनका लागि अहिले चितवनको नारायणगढ बजारमा चहलपहल बढेको छ । नारागणगढको नारायणी किनारमा पर्सि एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन हुँदैछ । उद्घाटन कार्यक्रममा पाँच लाख मानिस उतार्ने एमालेको दाबी छ ।

    तर, काठमाण्डौसँग जोडिएको मुख्य सडकखण्ड भएकाले महाधिवेशनका क्रममा यो सडकखण्डमा गाडीको आवागमन प्रभावित हुने भएको छ । यसैलाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न तयारी थालिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार पर्सि नारायणगढ भरतपुर क्षेत्रका राजमार्ग र अन्य मुख्य शहरी क्षेत्रमा गाडी चलाउन रोक लगाइएको छ । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म गाडी रोकेर मानिसलाई मात्रै हिँडडुल गर्ने व्यवस्था मिलाइने छ । पूर्वबाट आउने गाडीलाई भरतपुर केन्द्रीय बसपार्क क्षेत्रमा रोकिने छ भने पश्चिमबाट आउने गाडीलाई गैँडाकोटमै रोक्ने तयारी छ ।

    मुग्लिन हुँदै काठमाण्डौ, पोखराबाट आएका गाडी बजार भन्दा पर आँपटारीमा रोकिने छन् । यस्तै, पश्चिम चितवनबाट छुटेका गाडीलाई भरतपुरको त्रिचोक, बेलचोक र बाह्रघरे क्षेत्रमा रोकिने छ । महाधिवेशनका लागि पुगेका गाडी पनि त्यहीँ रोकिने छन् । महाधिवेशनका लागि सहभागीहरु दुईदेखि चार किलोमिटरसम्म हिँडेर उद्घाटनस्थल नारायणी किनार पुग्नु पर्ने हुन्छ । उद्घाटनस्थलसम्म जान नपाउनेका लागि ठाउँ–ठाउँमा डिजिटल डिस्प्ले बोर्ड राखिने छ ।

    यस्तै, महाधिवेशनको उद्घाटनको दिन पर्सि बजार क्षेत्रमा अत्यावश्यक सेवाका गाडी पनि सञ्चालन गर्न कठिनाई हुने अनुमान गरिएको छ । अत्यावश्यक सेवाका गाडीलाई कसरी पास गराउने भन्ने बारे छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.