सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा एमालेको र्‍यालीमा दुई हजार बढी मोटरसाइकल सहभागी


  •    न्युजभित्तो/७ मंसिर २०७८, मंगलवार १६:१५ 
  • चितवन,७ मङ्सिर । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि चितवनमा बृहत् मोटरसाइकल ¥याली गरिएको छ ।

    युवा सब्घ नेपाल चितवनको आयोजनामा गरिएको ¥यालीमा दुई हजार बढी मोटरसाइलक सहभागी भएका आयोजकले जनाएको छ । जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइलकसहित आएका युवाहरु एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर ¥यालीमा सहभागी भएका हुन् । आज दिउँसो १ बजे नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल ¥यालीले भरतपुर महानगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको छ ।

    एमाले महाधिवेशने प्रचार प्रसारको गीत बजाउँदै नारायणी नदी किनारबाट सुरु भएको ¥याली नारायणगढको मेनरोड, पोखरा बसपार्क, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा आएर समापन भएको थियो ।

    युवा सब्घ नेपाल चितवनका संयोजक सुशील केसीले आगामी १० गते नारायणगढको नारायणी नदी किनारमा हुने एमाले महाधिवेशनको उद्घाटनमा व्यापक जनसहभागिता जुटाउने उद्देश्यले मोटरसाइकल ¥यालीको आयोजना गरिएको बताउनुभयो । भरतपुरसँग जिल्लाका अन्य पालिकाहरुमा समेत महाधिवेशनको प्रचार गर्दै मोटरसाइकल ¥याली निकालिएको केसीको भनाइ छ ।

    नेकपा एमालेको केन्द्रीय निर्देशन अनुसार आज नवलपुर, मकवानपुर सहित देशका मुख्य सहरहरु मा युवा संघले मोटरसाइकल ¥याली निकालेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.