सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहाका सबै होटल ‘बुकिङ’, व्यवसायी भन्छन्–कोठा पुयाउन नसक्दा फोन उठाउन सकेको छैन


  •    न्युजभित्तो/७ मंसिर २०७८, मंगलवार १३:५० 
  • चितवन, ७ मङ्सिर । नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको अवधिभर पर्यटकी क्षेत्र सौराहाका होटलका कोठा ‘बुकिङ’ गरिएका छन् ।

    यही मङ्सिर १०, ११ र १२ गते आयोजना हुने महाधिवेशनमा भाग लिन आउनुहुने प्रतिनिधिलाई आवासका लागि कोठा बुकिङ गरिएको हो । महाधिवेशनका लागि सो पार्टीले तीन हजार ५०० कोठा बुकिङ गरेको जनाएको छ । यसका लागि क्षेत्रीय होटल सङ्घ सौराहासँग पार्टीले सम्झौता गरेको छ ।

    सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार सम्झौता गरिएका कोठासमेत पु¥याउन मुस्किल परेको छ । यतिबेलाका लागि पहिले नै पर्यटकको बुकिङ गरेका र महाधिवेशन घोषणासँगै एमालेका प्रतिनिधि बाहेकका नेता कार्यकर्ताले समेत बुकिङ गरेकाले कोठा पूरै भरिएको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो,“कोठा पु¥याउन नसक्दा फोन उठाउनसमेत सकेको छैन ।” कोठाको व्यवस्थापनमा जुट्नु भएका एमाले नेता सांसद कृष्णभक्त पोखरेलले कोठाको व्यवस्थापनमा कठिन भएको जानकारीदिनुभयो । उहाँका अनुसार पार्टीले बुक गरेका कोठा प्रतिनिधि, केन्द्रीय सल्लाहकार समिति, स्वदेशी तथा विदेशी पाहुना, नेताका सुरक्षाकर्मी, स्वयंसेवकलाई समेत पु¥याउन कठिन भएको छ । स्वयंसेवकका लागि भरतपुरमासमेत कोठा खोज्ने काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“देशैभरबाट नेता कार्यकर्ताको कोठाको लागि टेलिफोन आएको छ, व्यवस्थापन गर्न कठिन छ ।”

    व्यवसायीले सौराहामा ६ हजार ५०० बेड रहेको बताउँदै आएको भए पनि सबै राम्रा कोठा छैनन् । सङ्घले पार्टीसँग सम्झौताका क्रममा सबै खालका कोठा दिने गरी सम्झौता गरेको छ । महाधिवेशनमा प्रतिनिधि र आमन्त्रित बाहेक त्योभन्दा बढी सङ्ख्यामा देशभरबाट नेता कार्यकर्ता आउने तयारीमा छन् । यसका अतिरिक्त सञ्चारमाध्यमले समाचार सङ्कलनका लागि प्रतिनिधि पठाएका छन् ।

    महाधिवेशन प्रचार सहयोग समिति चितवनका सचिव तिलक रिमाल बढी सङ्ख्यामा सञ्चारगृह र पत्रकारबाट होटलका लागि फोन आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान सबेरैदेखि राति अबेरसम्म फोन आउने गरेको छ । कोठा व्यवस्थापन गर्न कठिन छ ।”

    क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष सुमन घिमिरे कोठाका लागि निरन्तर फोन आउने गरेको जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “कम्तीमा एउटा कोठा त दिनुहोस् भन्ने धेरै फोन आउने गरेको छ ।” कोठा नभएपछि व्यवस्थापन कठिन भएको उहाँको भनाइ छ । सौराहाका ६ हजार ५०० बेडमध्ये एमालेले तीन हजार ५०० सम्झौता गरेको हो भने बाँकी तीन हजारमध्ये आधा पर्यटकले अग्रिम बुकिङ र आधा नेता कार्यकर्ताले पहिले नै बुकिङ गरिसकेको उहाँको भनाइ छ ।

    सौराहामा रहेका भनिएका बेडमध्ये ठूलो सङ्ख्याका एक बेडमा दुई जना सुत्नुपर्ने हुन्छ । पछिल्लो समय एउटै बेडमा दुई जना सुत्न अप्ठ्यारो मान्ने हुँदा महाधिवेशनको समयमा पार्टीलाई कोठा व्यवस्थापन गर्न समस्या आउन सक्ने व्यवसायी बताउछन् ।

    सौराहामा कोठा भरिएपछि भरतपुर, रत्ननगर र गैँडाकोका होटल पनि भरिन थालेका छन् । अधिकांश होटलमा महाधिवेशनको उद्घाटनको अघिल्लो दिनबाट १२ गतेसम्म कोठा बुकिङ भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.