सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँच अर्बभन्दा बढी राजस्व संकलन


  •    न्युजभित्तो/७ मंसिर २०७८, मंगलवार १३:४४ 
  • पर्सा, ७ मङ्सिर । वीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रु पाँच अर्ब बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि कात्तिकसम्मको चार महिनाका लागि भन्सार विभागले दिएको लक्ष्यभन्दा करिब आठ प्रतिशत बढी राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

    सो अवधिका लागि विभागले रु ६५ अर्ब ११ करोड ४१ लाख रुपैया राजस्व सङ्कलनको लक्ष्य दिएकामा कार्यालयले रु ७० अर्ब १२ करोड १४ लाख राजस्व सङ्कलन गरेको थियो ।

    कोरोना सङ्क्रमितको सङ्ख्या कम भएसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिन थालेपछि देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरीे विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार आएसँगै राजस्व सङ्कलन बढ्दै गएको कार्यालयका सूचना अधिकरी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले चालु आवको पहिलो चौमासिकमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने सवारीसाधनको आयातबाट सङ्कलित राजस्वमा २८ प्रतिशत र पेट्रोलियम पदार्थको आयातबाट सङ्कलित राजस्वमा ३३ प्रतिशतले वृद्धि भएको बताउनुभयो ।

    चालु आवको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको भन्सार महसुलमा पाँच प्रतिशत बढी र मूल्य अभिवृद्धि करमा २६ प्रतिशतभन्दा बढी सङ्कलन भएको कार्यालयले जनाएको छ । चालु आवको साउनदेखि कात्तिकसम्मका लागि विभागले भन्सार महसुल सङ्कलन गर्न रु २४ अर्ब १२ करोड ७७ लाखको लक्ष्य दिएका रु २४ अर्ब ४१ करोड ८४ लाख राजस्व सङ्कलन गर्न सफल भएको जनाइएको छ । यसैगरी मूल्य अभिवृद्धि कर रु २० अर्ब ८१ करोड २८ लाख सङ्कलनको लक्ष्य रहेका रु २६ अर्ब ४८ करोड ९९ लाख सङ्कलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.