सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहामा दुई हजार जना क्षमताको बन्दसत्र हल निर्माण हुँदै


  •    न्युजभित्तो/७ मंसिर २०७८, मंगलवार १३:३९ 
  • चितवन, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र हुने स्थान सौराहामा दुई हजार जना क्षमताको डोम (अस्थायी हल) निर्माण सुरु भएको छ ।

    महाधिवेशनको बदसत्र हुने स्थान सौराहाको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली जमिनमा डोम निर्माणको काम सुरु गरिएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिनुभयो । महाधिवेशनका सहभागी हुने दुई हजार जना प्रतिनिधि सहज रुपमा अट्ने गरी १३ हजार वर्ग फिटको डम र एक हजार २०० वर्ग फिटको मञ्च निर्माणको काम भइरहेको सुवेदीले बताउनुभयो ।

    मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा हुने भए पनि बन्दसत्र
    सौराहामा हुँदैछ । एमाले महाधिवेशनको बन्दसत्रमा करिब दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् । सौराहामा दुई
    दिनसम्म हुने महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिका अलाबा पाँच हजार मानिस आउने व्यवसायीले अपेक्षा गरेका छन् ।महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, पाहुना, सुरक्षाकर्मी र पत्रकारलाई राख्न एमालेले सौराहामा तीन हजार ५०० कोठाहरु अग्रिम बुक गरिसकेको छ ।

    महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि उनीहरु बस्ने होटलमा नै दुई दिन रातिको खाना र ३ दिन बिहानको नास्ता होटलमै व्यवस्था गरिएको छ । मंसिर ११ गते र १२ गते बिहानको खाना सामूहिक रुपमा खाने गरी होटल सेभेन स्टारले व्यवस्थापन गर्नेछ भने मंसिर ११ राति पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी
    शर्मा ओलीले सौराहामा नै रात्रि भोजको आयोजना गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.