महानगरको बिकासका लागि मन्त्रालयको ध्यानाकर्षण गराउँदै प्रचण्ड
न्युजभित्तो/६ मंसिर २०७८, सोमबार १६:०१
चितवन,६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको बिकासका लागि मन्त्रालयहरुको ध्यानाकर्षण गराउनु भएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सम्बृद्ध भरतपुरका लागि बिकास बहस कार्यक्रममा बोल्दै उहाँले यहाँका महत्वपूर्ण बिकासका आयोजनाहरुलाई सम्पन्न गर्न सहभागी मन्त्री, सचिब र बिभागका महानिर्देशकहरुको ध्यानाकर्षण गराउनु भएको हो ।
महानगरको आधाभन्दा वढि भूभाग अध्यक्ष दाहालको निर्वाचन क्षेत्रमा पर्दछ । कार्यक्रममा बोल्दै उहाँले ८÷१० वर्ष भित्र बिकासमा भरतपुर महानगर र चितवनले क्रान्ति ल्याउने बताउनुभयो । यसलाई देशव्यापि रुपमा बिस्तार गर्नुपर्ने अध्यक्ष दाहालको भनाई थियो । नारायणी नदी तटवन्धन गरेर हजारौं विगाह जमिन संरक्षण गर्न सकिने भन्दै उहाँले यसबाट सुन्दर नगर बनाउन सहयोग पुग्ने बताउनुभयो । भरतपुर महानगरमा भएको बिमानस्थलको बिस्तारको काम अघि वढेको, नारायणी नदीमा सिग्नेचर पुलको काम अघि वढाईएको, भूमिहिन सुकुम्बासीहरुलाई लालजुर्जा, निस्सा र स्थानान्तरणको प्रकृया अघि वढेको, रिङ् रोड र लिङ्क रोडको काम अघि वढेको भन्दै देशकै नमुनाको रुपमा भरतपुरमा बिकास गति लिएको उहाँको भनाई थियो ।
ती आयोजनाहरु सम्पन्न गर्न आबश्यक वजेट बिनियोजन र सहयोगका लागि उहाँले उपस्थित मन्त्री, सचिब र महानिर्देशकहरुलाई अनुरोध गर्नुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई किसानसंग जोडेर काम गर्न दाहालले अनुरोध गर्नुभयो । अध्यक्ष दाहालले महानगरमा भएको बिकासलाई संस्थागत रुपमा अघि वढाउने नेतृत्वको आबश्यक रहेको पनि बताउनुभयो ।
देशभरीका जनताको ध्यान चितवन तर्फ आकर्षण भएको भन्दै उहाँले यसका पछि धेरै कारणहरु रहेका छन् भन्नुभयो । उहाँले भन्नुभयो “यस भित्र केही लुकेको छ । मलाई थप जिम्मेवारी वढाएको छ ।” फरक प्रसंगमा उहाँले बामपन्थी एकताका लागि ठूलो सपना देखेको भए पनि त्यो पुरा गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “हिजो देखेको सपना विल्कुल गलत होईन । तोड्नका लागि भित्र र बाहिरी जुन–जुन शक्ति लागे बुझ्न जरुरी छ ।” यो बिषयलाई बुझाउन नसकेमा दुभाग्यमा देश जाने उहाँले बताउनुभयो ।
उर्जा, जलस्रोत तथा सिचाई मन्त्री पम्फा भूषालले भरतपुर महानगरको बिकास नमुना योग्य रहेको भन्दै आबश्यक सहयोगका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । उहाँले नारायणी नदी तटवन्धनका लागि तीन वर्षमा रु ५ अर्ब बराबरको काम गर्ने गरि प्रकृया अन्तिम चरणमा पुगेको बताउनुभयो । यसबाट चितवन तर्फ १७ किलोमिटर र नवलपरासी तर्फ १८ किलोमिटर तटवन्ध हुने वताउनुभयो । यसै वर्षबाट काम थाल्ने भन्दै उहाँले सुस्ता र गण्डक सम्म नारायणी नदी तटवन्धन गर्न रु २३ अर्ब खर्च लाग्ने र यसलाई बहुबर्षिय आयोजनाको रुपमा अघि वढाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “नारायणी नदी तटवन्ध गरेर सयौं बिगाह जमिन उकास गर्न सकिन्छ ।” उहाँले संरक्षण गरिएको जमिन उपयोग गरेर गरिबीका रेखा मुनी रहेकाहरुलाई उपयोग गर्न दिन सकिने बताउनुभयो । उहाँले थप्नुभयो “यसरी गरिब मुक्त महानगर घोषणा गर्न अपिल गर्छु ।”
माडी क्षेत्रका नदी तटवन्धका लागि रु २० करोड स्विकृत भई कार्यान्वयनको चरणमा अघि वढेको उहाँको भनाई थियो । जहाँ खेती योग्य जमिन त्यहाँ सिचाई अभियानका साथ काम अघि वढेको मन्त्री भूषालले बताउनुभयो । माडीमा बिद्युत नपुगेका ठाउँमा बिद्युतीकरण र भरतपुर महानगरमा भूमिगत तार बिच्याउनका लागि मन्त्रालयले प्रकृया अघि वढाएको उहाँले बताउनुभयो ।
अर्थ मन्त्री जनार्दन शर्माले भरतपुर महानगरका महत्वपूर्ण आयोजनाहरु सम्पन्न गर्न आबश्यक वजेटका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । क्रिकेट रंगशाला सम्पन्न गर्न आबश्यक सहयोगका लागि आँफु तयार रहेको उहाँको भनाई थियो । जग्गा खोजि गरेमा भरतपुरमा शिक्षक अस्पताल निर्माणका लागि आबश्यक सहयोग मन्त्रालयबाट हुने उहाँले बताउनुभयो । आँफु गठवन्धनको सरकारको मन्त्री रहेकाले गठवन्धन पार्टी र जनताको हित बिपरित काम नगर्ने वताउनुभयो । प्रतिगमन कारिलाई ध्वस्त पार्नुपर्ने भन्दै उहाँले सबैले हातेमालो गरेर अघि वढ्नुपर्ने बताउनु भयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम वहादुर आलेले पर्यटन क्षेत्रको बिकासका लागि कर्मचारीलाई खर्च सहितको बिदा दिने कार्यक्रमलाई कार्यान्वयनमा ल्याईने बताउनुभयो । भरतपुर बिमानस्थल बिस्तारका लागि मन्त्रालय सकारात्मक रहेकाले काम हुने भन्दै सहयोगका लागि अर्थ मन्त्रालयसंग अनुरोध गर्नुभयो । अबका दिनमा धेरै गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो “गठवन्धनको नेतृत्व गरेकाले शिर कत्ति ननिहुरने गरी काम गर्छु ।”
प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सम्बृद्धिका लागि धेरै सम्भावना रहेको बताउँदै सोच,, नीति र ऐन समय अनुसार परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । उहाँले भरतपुरको बिकासका लागि आफ्नो ठाउँबाट आबश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेल, अर्थ मन्त्रालयका सचिब मधुकुमार मराशिनी, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, सिचाई बिभागका महानिर्देशक सुशिलचन्द्र आचार्य लगाएतले बोल्नुभएको थियो ।
सो अबसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरको बिकास, अबस्था र अपेक्षा प्रस्तुत गर्दै आँफु आए पछि महानगरमा भएका बिकासका कामको जानकारी दिनुभएको थियो । कार्यक्रममा सम्बृद्ध महानगरका लागि बिज्ञहरु संग सुझाब लिईएको थियो ।