सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माओवादी जुम्लाका ५२ वडाको नेतृत्व चयन


  •    न्युजभित्तो/६ मंसिर २०७८, सोमबार १४:५४ 
  • खलङ्गा, ६ मङ्सिर । नेकपा (माओवादी केन्द्र) जुम्लाका ५२ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । माओवादीले यही मङ्सिर ४ गते एकैसाथ सुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडामध्ये ५२ वडाको नेतृत्व चयन गरिएको माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ ।

    माओवादी केन्द्रका प्रदेश सदस्य तथा तातोपानी गाउँपालिकाका इञ्चार्ज गोमा कुँवरका अनुसार हालसम्म ५२ वडाको नेतृत्व चयन भइसकेको र बाँकी एक वडाको एक÷दुई दिनमा सकिने भएको छ । माओवादी नेता पूर्णप्रसाद धितालका अनुसार प्रदेश (ख) कनकासुन्दरीका आठ, सिंजाका छ, हिमाका सात र तिलाका नौ वडाका सम्मेलनबाट नेतृत्व चयन भई सम्पन्न भइसकेको छ ।

    यता गुठीचौर गाउँपालिकाका इञ्चार्ज भवानीप्रसाद अधिकारीका अनसार गुठीचौरका पाँच वडामध्ये ४ र ५ गते दुई वडाको सम्मेलनसहित नेतृत्व चयन भइसकेका र बाँकी तीन वडाका अधिवेशन भइरहेका छन् । चन्दननाथ नगरपालिकाका अध्यक्ष ललितजंग महतका अनुसार वडा नं ५ बाहेक नौ वडाको सम्पन्न अधिवेशन भइसकेको र अरुको हुने तयारी भएको जानकारी दिनुभयो ।

    यता पातारासी गाउँपालिकाका–४ वटा वडा सम्मेलनबाट नेतृत्व भइसकेको र बाँकी तयारी भइरहेको माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । सबै वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । माओवादीको वडा समिति २९ सदस्यीय हुने व्यवस्थाअनुसार वडास्तरको नेतृत्व चयन भएको हो । यसैगरी हरेक टोल कमिटी १९ सदस्यीय र सेल कमिटी १५ जनाको गठन गरिएको छ ।

    कांग्रेसको मतदान

    यसैगरी नेपाली कांग्रेस जुम्लाको जिल्ला कार्यसमतिका लागि मतदात सुरु भएको छ । जम्मा १०१९ मतदाता रहेकामा प्रतिनिधि लाइन लागेर मत हालिरहेका सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतले जानकारी दिनभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.