सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुख्यमन्त्री शाही र प्रधानसेनापतिबीच भेट


  •    न्युजभित्तो/६ मंसिर २०७८, सोमबार १४:१२ 
  • कर्णाली, ६ मङ्सिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र प्रधानसेनापति प्रभुराम शर्माबीच भेट भएको छ । मुख्यमन्त्री शाहीसँग प्रधानसेनापति शर्मा नेतृत्वको टोलीले आज भेट गरेको हो ।

    भेटका अवसरमा प्रधानसेनापति शर्माले मुख्यमन्त्री शाहीसमक्ष कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे जानकारी गर्नुभएको थियो । आगामी दिनमा प्रदेश सरकारसँग नियमित समन्वयमा रही काम गर्न इच्छुक रहेको विचार व्यक्त गर्दै उहाँले कर्णाली करिडोरअन्तर्गत सल्लिसल्ला खण्डको सात किलोमिटर चट्टान खण्डको समयमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    मुख्यमन्त्री शाहीको अनुरोधमा नेपाली सेना हुम्लामा तत्कालका लागि खाद्यान्न ढुवानी गर्नसमेत इच्छुक भएको बताइएको छ । त्यस्तै मुख्यमन्त्री शाहीले रुकुम–सल्यान छिन्चु–जाजरकोट–डोल्पा सडक, कर्णाली राजमार्ग खण्ड, नाग्म–जुम्ला–गमगढी, खुलालु–सल्लिसल्ला सडकखण्ड र विपत् व्यवस्थापनमा भएको नेपालीको सेनाको योगदानको उच्च प्रशंसा गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.