सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वप्रधानमन्त्री प्रचण्ड,७ मन्त्री र उच्च सरकारी अधिकारीसहित भरतपुरको विकास बहस सुरु


  •    न्युजभित्तो/६ मंसिर २०७८, सोमबार १२:५३ 
  • चितवन,६ मंसिर । भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,७ मन्त्री र उच्च सरकारी अधिकारीसहित संमृद्ध भरतपुरका लागि विकास बहस सुरु गरिएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भइरहेको कार्यक्रममा संघीय सरकार र वागमती प्रदेशका समेत गरी आधादर्जनभन्दा बढी मन्त्री उपस्थित भएर विकास बहसमा भाग लिएका छन भने दुईवटा प्रदेशका प्रमुखसमेत अहिले चितवनमै छन् ।

    अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा, महिला वालवालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मी, विना विभागीयमन्त्री उमेश श्रेष्ठ र वागमती प्रदेशका आन्तरिक मामिलामन्त्री कृष्ण खनाल,बागमती प्रदेशका सांसदहरु बहसमा सहभागी छन । त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरु पृथ्वीमान गुरुङ र अमिक शेरचनसमेत चितवनमै छन् । उनीहरु दुवैजना चितवनका बासिन्दा हुन् ।

    विकास बहसमा मन्त्रीहरुका साथै सरोकारवाला मन्त्रालयका सचिव, विभागीय महानिर्देशकसहित उच्च पदस्थ सरकारी अधिकारीहरु समेत सहभागी भएका छन ।भरतपुरको विकासका लागि विभिन्न योजनाहरुको कार्यान्वयन, वजेट व्यवस्थापन लगायतका विषयमा बहस हुने सो कार्यक्रमलाई प्रचण्डको निर्वाचन केन्द्रित शक्ति प्रदर्शनका रुपमा लिइएको छ ।

    भरतपुरकी मेयर रेणु दाहालले विस्तारको प्रक्रियामा रहेको भरतपुर विमानस्थल, नारायणी तटबन्धन, क्रिकेट रङ्गशाला, महानगरको प्रशासनिक भवन, शक्तिखोर औद्योगिक क्षेत्रलगायत महत्वपूर्ण पूर्वाधारका विषयमा छलफल गर्न लागिएको बताएकी छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.