सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका १३ आयोजनालाई बजेट दिन मेयर रेणु दाहालको माग


  •    न्युजभित्तो/६ मंसिर २०७८, सोमबार १२:३२ 
  • चितवन, ६ मङ्सिर । भरतपुर महानगरकी मेयर रेणु दाहालले १३ वटा गौरवका आयोजनालाई बजेट व्यवस्था गर्न माग गरेकी छन् । महानगरले आयोजना गरेको ‘समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रम’ मा उनले गौरवका १३ आयोजनालाई संघ तथा प्रदेश सरकारसँग बजेटको माग गरिन् ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी तटबन्ध, भरतपुर विमानस्थल विस्तार, महानगरको प्रशासनिक भवन, नारायणी नदीमा सिग्नेचर ब्रिज, स्मार्ट परियोजना, एकिककृत खाने तथा सतह ढल व्यवस्थापन, अटोल्याण्ड, शक्तिखोर औद्योगिक क्षेत्र निर्माण, माडी जाने निकुञ्ज भित्रको सडक निर्माण, एक मेघा विद्यालय, चेपाङ र विपन्न समुदायलाई कविलासमा आवसीय विद्यालय सञ्चालनका लागि मेयर दाहालले बजेट माग गरिन् । रंगशाला निर्माणमा स्रोत नजुटे महानगरले गर्ने उनको भनाइ छ । ‘४ महिनादेखि निर्माण अलपत्र छ, अब तीनै तहका सरकारले स्वामित्व लिएर निर्माण गर्नुपर्छ’, दाहालले भनिन् ।

    वडा नम्वर ३ स्थित नगर वनको भोगाधिकार र सञ्चालन गर्ने व्यवस्था मिलाउन उनको आग्रह छ । जनप्रतिनिधि आएपछिको ४ वर्षमा ६ सय १० किमि कालोपत्रे, ४ सय ५० किमि सडक ग्राभेल बनेको फेहरिस्त सुनाउँदै महानगर चक्रपथको ८८.६ किमि मध्ये ४०.५५ किमि निर्माणाधीन र बाँकी पनि छिट्टै बन्ने बताइन् ।

    मेयर दाहालले सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडेलमा ३ नम्बर वडामा भरतपुर मेट्रो प्लाजा सम्झौता भएर काम सुरु भएको, भरतपुर-१० मा सिटी हल निर्माणाधीन रहेको बताइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.