सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन सुरु


  •    न्युजभित्तो/६ मंसिर २०७८, सोमबार ११:४४ 
  • चितवन, ६ मङ्सिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत यहाँ आज प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन सुरु भएको छ । बिहान ९ः०० बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो ।

    निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा नै निर्वाचन प्रक्रिया सुरु भएको हो । चितवन क्षेत्र नं १ मा सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । इन्द्रकमल बुढाथोकी र किरणभूषण ओली, सचिवमा महेश्वर थपलिया, दिपकराज पौडेल, शिवनारायण चौधरी, ईश्वर खनाल, तथा उमेश गिरी र सहसचिवमा नवराज भुसाल, विष्णुहरि थापा, दीपनारायण चौधरी, गणेश थपलिया तथा माधव पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँका अनुसार यस निर्वाचन क्षेत्रमा ९१० क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् । यस क्षेत्रको अधिवेशन रत्ननगरमा भइरहेको छ ।

    यस्तै क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा भरत लामिछाने र लक्ष्मण गुरुङको उम्मेदवारी दर्ता भएको छ । सचिवमा काशीराम गिरी, ध्रुवराज सुवेदी, निर्मलकुमार राना, प्रल्हाद उप्रेती र विकास पौडेल तथा सहसचिवमा इन्द्रबहादुर घलान, कुष्माकुमारी पन्त, विष्णुहरि खनिया, भवानीदेवी अधिकारी, महेन्द्र थापामगर, रामजी पौडेल र सिर्जना बसौला देवकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस क्षेत्रमा ९६९ मतदाता रहेका छन् । यस क्षेत्रको मतदान उद्योग वाणिज्य सङ्घमा भईरहेको छ ।

    चितवन क्षेत्र नं ३ मा पाँच जनाले क्षेत्रीय सभापतिमा उम्मेदवारी मनोनयन गराएको बताइएको छ । सभापतिमा अमृतबहादुर बानिया, जगन्नाथ कँडेल, दामोदर न्यौपाने, देवेन्द्रप्रकाश क्षेत्री र लालबहादुर दवाडी उम्मेदवार रहनुभएको छ । यस्तै सचिवमा तुलाराम गुरुङ, दीपक कुँवर, नवीन न्यौपाने, बृज महतो (झलक), लिलकुमार महतो, सरस्वती पाण्डे (सिर्जना) र क्षेत्रप्रसाद सापकोटा तथा सहसचिवमा इन्दिरा भुसाल कँडेल, गणेशप्रसाद कँडेल, लक्ष्मीप्रसाद सापकोटा, र सिर्जना अधिकारी लामिछानेले उम्मेदवारी मनोनयन गराएको जनाइएको छ । यस निर्वाचन क्षेत्रको शहिद स्मारक कलेज शारदानगरमा मतदान हुँदैछ । यहाँ ९६० मतदाता रहेका छन् ।

    पोख्रेलका अनुसार आज हुने निर्वाचनले २५ महाधिवेशन प्रतिनिधि र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको २५ सदस्यीय कार्यसमिति चयन गर्ने छ । कांग्रेसको महाधिवेशनअन्तर्गत यही मङ्सिर १० गते जिल्ला अधिवेशन हुँदैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.