सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले नवलपुरले घर घरमै पुगेर निमन्त्रणा पत्र बाँड्दै


  •    न्युजभित्तो/५ मंसिर २०७८, आईतवार १६:०१ 
  • नवलपुर, ५ मंसिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नेताहरु जिल्लावासीको घरघरमा पुगी निमन्त्रणा पत्र वितरण गरेका छन् । जिल्लाको आठ वटै पालिकाका सबै वडाहरुमा वडा कमिटीमार्फत सर्वसाधारणको घरमा पुगरेर नियन्त्रण पत्र बाँडिएको हो ।

    नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन प्रचार सहयोग समिति नवलपुरका संयोजक यमुनाथ आचार्यले जिल्लाका प्रत्येक वडमा निमन्त्रणापत्र अभियानकै रुपमा वितरण गरिएको बताउनुभयो । समितिले ५० हजार प्रति निमन्त्रणा पत्र तयार पारेर जिल्लाका ९२ वटै वडामा पठाउने गरी आज कावासोती नगरपालिका वडा नं. ३ बाट अभियान शुरु गरिएको आचार्यले बताउनुभयो । अभियानको शुभारम्भ नेकपा एमाले नवलपुर जिल्ला इन्चार्ज तथा सङ्घीय सांसद तिलक महत क्षेत्रीले गर्नुभएको थियो ।

    नगर कमिटी तथा वडा कमिटीहरुको भेला र बैठक बसेर निमन्त्रणा पत्र वितरणको काम सुरु गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष रोशनबहादुर गाहा मगरले बताउनुभयो । प्रचार समितिले तयार पारेको निमन्त्रणा पत्रमा एमालेको कार्यकर्तालाई मात्रै नभएर पार्टीका शुभेच्छुक, शुभचिन्तक लगायत आम सर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको हो । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
    मङ्सिर १० गते चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र पर्यटकीय नगरी सौराहामा हुने तय भएको एमालेले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.