सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले अध्यक्षमा उम्मेद्वारी दिने भीम रावलको तयारी


  •    न्युजभित्तो/५ मंसिर २०७८, आईतवार १५:१६ 
  • काठमाडौं,५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारी गरेका छन् ।

    चितवनमा हुने १०औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वार रहेको जानकारी दिन रावलले पत्रकार सम्मेलन गर्दैछन् ।

    ‘सहमति नजुटेपछि अध्यक्ष पदको तयारी भएको छ । पत्रकार सम्मेलनबाट त्यसको जानकारी दिनुहुन्छ’, रावल निकट नेता झपट रावलले भने । उपाध्यक्ष रावल १० बुँदे सहमति मार्फत् एमालेमै बसेका हुन् ।

    तर १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओली नै तयार नभएको भन्दै रावलले असन्तुष्टि जनाउँदै आएका छन् । सूदुरपश्चिम प्रदेशमा रावलले समानान्तर गतिविधि समेत चलाइरहेका छन् ।

    ‘एकताबद्ध पार्टी बनाउन पनि उहाँको उम्मेद्वारी आवश्यक परेको हो’, रावल निकट अर्का केन्द्रीय सदस्य प्रकाश साहले भने । एमालेको नवौं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित रावल माधवकुमार नेपाल निकट थिए । तर २ भदौमा नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्दा रावल एमालेमै बसे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.