सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली कांग्रेस काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न


  •    न्युजभित्तो/५ मंसिर २०७८, आईतवार १३:५४ 
  • काठमाडौँ, ५ मङ्सिर । नेपाली कांग्रेस काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँको १० निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ गरी स्थानको अधिवेशन सम्पन्न भएको हो ।

    पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबारका लागि अधिवेशन कार्यतालिका तोके पनि केही निर्वाचन क्षेत्रमा भने शनिबार नै अधिवेशन सम्पन्न भएको थियो । क्षेत्र नं १ (क) मा प्रल्हादबहादुर कार्की र (ख) मा सुमनकुमार श्रेष्ठ, क्षेत्र नं २ को (क) मा धुव्र अधिकारी र (ख) मा उद्धव खड्का, क्षेत्र नं ३ को (क) मा श्रीराम चालिसे र (ख) मा विमल ठकुरी, क्षेत्र नं ४ को (क) मा विमलकुमार होडा र (ख) मा रामप्रसाद लुइँटेल सभापतिमा विजयी हुनुभएको छ ।

    यस्तै क्षेत्र नं ५ को (क) मा दिनेश डङ्गोल र (ख) मा राजु खड्का, क्षेत्र नं ६ को (क) मा ख्यामराज तिवारी र (ख) मा विष्णुभक्त तिमल्सिना, क्षेत्र नं ७ को (क) मा नवीन मानन्धर र (ख) मा वासुदेव लामा सभापतिमा निर्वाचित हुनुभएको छ ।

    यसैगरी क्षेत्र नं ८ को (क) मा ईन्द्रमानसिंह सुवाल र (ख) मा शिव खनाल, क्षेत्र नं ९को (क) मा मोहनबहादुर बस्नेत र (ख) मा राजेन्द्र भट्टराई तथा क्षेत्र नं १० को (क) मा शैलेश मानन्धर र (ख) मा धर्मानन्द श्रेष्ठ निर्वाचित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचन क्षेत्रको अधिवेशन मङ्सिर ६ गते, जिल्ला अधिवेशन मङ्सिर १० गते, प्रदेश अधिवेशन मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.