सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश नं २ सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी


  •    न्युजभित्तो/५ मंसिर २०७८, आईतवार १३:१४ 
  • धनुषा, ५ मङ्सिर । प्रदेश नं २ सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ । प्रदेश सरकारमा आजदेखि नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री सहभागी भएका छन् । नवनियुक्त दुई मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरी औपचारिकरुपमा कार्यभार सम्हालेका छन् ।

    प्रदेश प्रमुख हरिशङ्कर मिश्राले मुख्यमन्त्री लालबाबु राउतद्वारा नवनियुक्त उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

    एकीकृत समाजवादीसँग मन्त्रालय र मन्त्रीको टुङ्गो नलाग्दा लम्बिएको थियो । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनका लागि मुख्यमन्त्री राउतले आफ्नै दल जनता समाजवादी पार्टीका मन्त्री रामनरेश रायलाई गत साता बर्खास्त गर्नुभएको थियो ।

    नवनियुक्त मन्त्रीमा धनुषा निर्वाचन क्षेत्र नं ४ (ख) बाट निर्वाचित महतो संविधानसभाका बेला सङ्घीय सरकारमा स्थानीय विकास राज्यमन्त्रीसमेत हुनुभएको थियो । सिरहा निर्वाचन क्षेत्र नं ३ (ख) बाट प्रदेश सभा सदस्य जितेका यादव अर्को मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । प्रदेशसभामा नेकपा(एस)का १३ सदस्य छन् ।

    केन्द्रमा बनेको गठबन्धनअनुसार प्रदेशमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, माओवादी र नेकपा(एस)लाई सहभागी गराइएको हो । प्रदेश सरकारमा जसपाले मुख्यमन्त्रीसहित अर्थ, सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी गरी चार मन्त्रालय, कांग्रेसले भौतिक पूर्वाधार, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद गरी तीन मन्त्रालय र नेकपा (माओवादी केन्द्र)ले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाएका छन् । नेकपा(एस)लाई पनि भागबन्डामै दुई मन्त्रालय दिइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.