सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा एमाले कावासोती नगर कमिटीको १२ वटा वडाको बैठक एकै दिन सम्पन्न


  •    न्युजभित्तो/५ मंसिर २०७८, आईतवार १२:४३ 
  • नवलपुर, ५ मङ्सिर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको सरगर्मी विस्तारै बढ्दै गएको छ । छिमेकी जिल्ला चितवनमा महाधिवेशन हुने भएको हुँदा नवलपुरमा यसले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।

    सबैतिरबाट महाधिवेशन सफल बनाउन लागिरहदा नेकपा एमाले कावासोती नगरपालिका अन्तरगतका वडा नम्बर १, २, ४, ६, ९, १०, ११, १२, १३, १४, १६ र १७ माशनिबार एकैदिन बैठक बसेको हो । बैठक आसन्न नेकपा एमालेको दशौँ महाधिवेशन लक्षित गरेर सम्पन्न गरिएको नगर कमिटी अध्यक्ष रामकृष्ण ढुंगानाले बताउनुभयो ।

    शनिबार सम्पन्न बैठकले नेकपा एमाले दशौँ महाधिवेशन प्रचार प्रसार समितिको निर्णय अनुसार मंसिर ७ गतेको मोटरसाईकल ¥यालीमा उल्लेख सहभागिता जनाउने, कावासोती नगरपालिका कमिटीको निर्णय अनुरुप वडागत रुपमा नेकपा एमालेको १०औँ महाधिवेशन स्थलमा पार्टी संगठित सदस्य, शुभेच्छुकहरुलाई मंसिर १० गते सहभागी गराउने, पार्टी शुभेच्छुक तथा संगठित सदस्यह लाइदशौँमहाधिवेशन जाऔँ, भन्ने निमन्त्रणा पत्र मार्फत निमन्त्रणा गन निर्णय गरेको नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति नवलपुरका सह संयोजक बुद्धिसागर पोख्रेल (सागर)ले जानकारी दिए ।
    कावासोती नगरपालिका अन्तर्गत वडा नं.–१५ कमिटीको आइतबार बैठक बस्दैछ भने अन्य वडाको शुक्रबारनै वडा कमिटीको बैठक सम्पन्न भएको नगर अध्यक्ष ढुङ्गानाले जानकारी दिए । त्यस्तै देवचुली नगरपालिका वडा नं १ को वडा कमिटीले शनिबार एक कार्यक्रमका बीच ५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ । यसको संयोजक पार्टी वडा कमिटीका उपाध्यक्ष धनबहादुर राना रहेका छन् । उक्त प्रचार प्रसार समितिमा युवा संघ वडा कमिटी, अनेम संघ, वडा कमिटीका पदेन सदस्य तथा पार्टीका सबै विभिन्न भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु छन् । समितिले वडाभित्र पार्टीका संगठित सदस्यहरु, सुभ चिन्तक, आम समुदायलाई महाधिवेशनमा उपस्थित हुन अनुरोध तथा आवह्वान गर्नेछ ।नेकपा एमाले वडा कमिटीका अध्यक्ष रिपुबहादुर अधिकारीले चितवनसम्म जानका लागि बस व्यवस्थापन गरिसकिएको तथा निजी सवारीसाधन तथा मोटरसाईकलमा जान सकिने बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.