सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दियालो फुडल्याण्डले चौंथो शाखा काठमाडौँका बालाजुमा सञ्चालन


  •    न्युजभित्तो/५ मंसिर २०७८, आईतवार १२:२९ 
  • चितवन, ५ मङ्सिर । ठूलो सभाहल र खानाका कारण चितनमा आफूलाई चिनाएको दियालो फुडल्याण्डले चांैथो शाखा काठमाडौँका बालाजुमा सञ्चालनमा ल्याएको छ ।

    दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागार्इंले चेन होटल सञ्चालनमा ल्याउनुभएको हो । उहाँकै नेतृत्वको समूहले बालाजुमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । दियालो शेषमति बालाजुको नामबाट नयाँशाखा सञ्चालनमा आएको हो । सो शाखाका प्रबन्ध निर्देशक मिलन पाण्डेका अनुसार रु ६ करोड भन्दा बढीको लगानीमा शाखा खोलिएको हो ।

    दश रोपनि भाडाका जग्गामा एक हजार ३०० अट्ने दुईवटा बैंकेट हल छन् । उहाँका अनुसार १५० क्षमताको रेष्टुरराँ छ । उहाँले भन्नुभयो, “हाम्रो दियालोको चार वटै शाखामा एकै प्रकारका उच्च गुणस्तरका खाना खुवाउँछौं ।” ट्राभल र टुरिजम क्षेत्रमा २५ वर्षको अनुभव सगाल्नु भएका पाण्डेले स्थानीयवासीको आवश्यकता अनुसार बालाजुमा दियालोको चांैथो शाखा खोलिएको जानकारीदिनुभयो ।

    शाखाको सांसद भीमसेनदास प्रधान र पूर्व सांसद सुरेन्द्रराज पाण्डेले संयुक्तरुपमा शुभारम्भ गर्नुभएको थियो । माछा पोखरी बाइपासबाट करिब ६०० मिटर टाढा अवस्थित सो दियालो फुडल्याण्ड कोभिड अगाडिनै सञ्चालन गर्ने गरी काम गरिएकोमा महामारिका कारण अहिले सञ्चालमा ल्याइएको हो ।

    दियालो समूहको पहिलो बैंकेट बसुन्धरा, दोस्रो बुटवल र तेस्रो चितवनमा छ । चितवनमा १९ कोठासमेत छन् । समूहको नेतृत्व गर्दै आउनुभएका चापागार्इंले निकट भविष्यमानै पोखरामा नयाँ शाखा खोल्ने बताउनुभयो । देशका प्रमुख शहरमा बैंकेटको शाखा विस्तार गर्ने तयारी छ । चितवनमा दियालोको दुई हजार २०० जना अट्ने सुविधा सम्पन्न सभाहल रहेको छ । यो जिल्लाकै ठूलो हल हो । यसलाई दुई भागमा बाँढेर विवाह, भोजसँगै कार्यक्रम गर्न सकिन्छ ।

    उहाँ रेष्टुरेन्ट र खानामा आफ्नो बैंकेट उत्कृष्ठ भएको दाबी गर्नुहुन्छ । चापागाईंकै नेतृत्वको समूहले बत्तीसपुतलीमा अनुपम फुडल्याण्ड र सामाखुशीमा गोधुली फुडल्याण्ड सञ्चालन गर्दै आएको छ । भरतपुर महानगरपालिका–५ स्थायी घर भएका उहाँ यहाँको बालकुमारी कलेजबाट कानूनमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेसँगै बेलायत पुग्नुभएको थियो ।

    बेलायतमा समेत त्यहाँको तारे होटलका सेफ चापागार्इंले नेपाल फर्किएर बैंकेट क्षेत्रमा हात हाल्नुभएको हो । नेपालमा चापागार्इं बैंकेट क्षेत्रमा परिचित नाम हो । उहाँका सबै शाखामा एउटै मेनु र दररेट राखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.