सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेलाई लक्षित गर्दै प्रचण्डले भने, आफूलाई सिध्याउने उद्देश्यले चितवनमा महाधिवेशन राखेका हुन्


  •    न्युजभित्तो/४ मंसिर २०७८, शनिबार १६:२४ 
  • काठमाडौं,४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गरेका छन् ।

    रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखे ।

    ‘अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि महाधिवेशन गर्दैछन्’ एमालेलाई लक्षित गर्दै प्रचण्डले भने, ‘मैले त भन्ने गरेको छु, प्रचण्डलाई माया गरेका छन्, तर उनीहरु माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन्, तर जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन ।’

    प्रचण्डले आउँदो चुनावमा मधेसमा माओवादी केन्द्र पहिलो पार्टी हुने दावी गरे । उनले आफू काठमाडौं फर्किनेवित्तिकै श्रीराम सुगर मिल सञ्चालन गर्ने विषयमा छलफल गर्ने पनि बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.