सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले महाधिवेशनमा भरतपुर महानगरबाट ५० हजार सहभागी गराइने


  •    न्युजभित्तो/४ मंसिर २०७८, शनिबार १३:१५ 
  • चितवन, ४ मंसिर । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाबाट ५० हजार जनता सहभागी गराइने भएको छ । मंसिर १० गते नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा महानगरका २९ वटा वडाबाट ५० हजार जनता सहभागी गराउन लागिएको हो ।

    नेकपा (एमाले) भरतपुर महानगर कमिटीका अध्यक्ष शंकर थपलियाका अनुुसार महानगरका २९ वटै वडामा भेला सम्पन्न गरिएको छ । सबै वडामा वडास्तर र टोल स्तरका जनपरिचालन कमिटी गठन गरिएको उहाँले बताउनुुभयो । सबै वडामा प्रचारप्रसार र घरदैलो कार्यक्रम समेत सञ्चालन गरिएको थपलियाले जानकारी दिनुुभयो । उहाँले महानगरका कुनैपनि घर परिवार नछुुट्नेगरी अभियान सञ्चालन भइरहेको बताउनुुभयो ।

    एमाले भरतपुर महानगरले महाधिवेशनलाई लक्षित गर्दै स्थानीय स्तरमा महाधिवेशनको झण्डा, ब्यानर तयार पार्ने र सकेसम्म स्थानीय स्तरका सवारीसाधन प्रयोग गर्ने जनाएको छ । भरतपुरमा एमाले महाधिवेशनको उद्घाटन सत्र हुने भएकाले पनि भरतपुरले व्यापक जनसहभागिता गराउने तयारी गरिरहेको हो । चितवनमा महाधिवेशन हुने भएपछि यहाँका कार्यकर्तामा उत्साहा बढेको भन्दै थपलियाले चितवनले महाधिवेशनको महत्वपूर्ण अवसर पाएको बताउनुुभयो ।
    दुुई साता अघिमात्रै एमाले भरतपुर महानगरले नयाँ नेतृत्व पाएको छ । सबै वडा अधिवेशन सम्पन्न भइसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.