सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटन केन्द्रित १३ औँ चितवन महोत्सव पुस २५ गतेदेखि हुने


  •    न्युजभित्तो/४ मंसिर २०७८, शनिबार ११:५४ 
  • चितवन, ४ मङ्सिर । तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु हुने महोत्सव पर्यटनलाई केन्द्र बिन्दुमा राखेर गर्न लागिएको आयोजकले जनाएको छ ।

    कोभिड महामारीका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले यस वर्षको चितवन महोत्सव पर्यटन क्षेत्र लक्षित गरी आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आज जानकारी दिइएको हो । पर्यटन र पर्यटन व्यवसायीको उत्थानमा महोत्सव केन्द्रित रहने उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा जोड दिने श्रेष्ठको भनाइ छ ।

    महोत्सवमा पर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालन गरिने र यसका लागि आवश्यक छलफल भइरहेको उहाँले बताउनुभयो । कोभिडका कारण सबै क्षेत्र प्रभावित भएता पनि बढी प्रभावित क्षेत्रको रुपमा पर्यटन क्षेत्र रहेको सङ्घले महसुस गर्दै यस वर्षको चितवन महोत्सव पर्यटनलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको हो । उहाँले भन्नुभयो, “आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा केन्द्रित महोत्सवमा पर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालन गरिनेछ ।”

    चितवनको पहिचान, बहुआयामिक विविधता, पर्यापर्यटन र चितवन आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य हो भन्ने विषय महोत्सवमा झल्किने अध्यक्ष श्रेष्ठले बताउनुभयो । अहिले चितवनले पर्यटनमा दैनिक रु दुई करोड घाटा बेहोर्नुपरेको भन्दै अध्यक्ष श्रेष्ठले यस क्षेत्रलाई उठाउन जरुरी रहेकाले पर्यटन क्षेत्र केन्द्रित गर्न लागिएको बताउनुभयो । माघ ४ गतेसम्म चल्ने महोत्सवमा चारवटा विशेष र डोमसहित ३५० वटा स्टल रहने छन् । सबै स्टलको वीमा गरिनेछ । कोभिड सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष स्टल सङ्ख्या घटाइएको छ । कोभिडको जोखिम कम गर्न फराकिलो खाली ठाउँ राख्नका लागि स्टल सङ्ख्या घटाइएको पत्रकार सम्मलनमा जानकारी दिईएको थियो ।

    महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पोल्ट्री र उद्योग प्रवद्र्धनका गतिविधि सञ्चालन हुनेछन् । महोत्सवमा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, हस्तकलाका सामग्री, कुखुरापालन, सवारी साधन, सूचना तथा प्रविधि, मेड इन नेपाल परिसर, बैंक तथा वित्तीय संस्था, रेष्टुराँ तथा जनजातिका रहनसहन झल्किने घरहरू रहनेछन् । दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभुषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिने आयोजकले जनाएको छ ।

    कोभिडको जोखिमलाई मध्यनजर गर्दै महोत्सव परिसरभित्र फराकिलो खाली ठाउँ राखी स्वास्थ्य सुरक्षाको न्यूनतम मापदण्ड पालनाका लागि सचेतनामूलक कार्यक्रम पनि आयोजना गरिने श्रेष्ठले बताउनुभयो । महोत्सवको प्रवेशद्वारमा मास्क र स्यानिटाइजर राखिनेछ । महोत्सव अवधिभर एम्बुलेन्सको व्यवस्थासहित प्राथमिक उपचार केन्द्र, दैनिक स्वास्थ्य शिविर, निःशुल्क स्वास्थ्य परीक्षण पनि हुने उहाँको भनाइ छ ।

    महोत्सव व्यवस्थापनका लागि मूल समिति, सल्लाहकार समिति, स्टेरिङ समिति र ३० वटा कार्यगत समिति गठन गरिएको छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणका लागि रु ५० र विद्यार्थीका लागि रु २५को टिकट शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक, एकल महिला, शहीद परिवार र अपाङ्गता भएका व्यक्तिको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ ।

    आन्तरिक तथा बाह्य गरी करिब पाँच लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । यस्तै महोत्सव अवधिमा रु २५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.