चितवन, २ मंसिर । नेपाली काँग्रेस चितवनको सभापतिमा राजेश्वर खनालले उम्मेदवारी घोषणा गर्नुभएको छ । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत खनालले औपचारिक रुपमा काँग्रेस चितवनको सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
आज नै उहाँले १४ बुँदे घोषणा पत्र समेत सार्वजनिक गरेका छन् । उहाँले आफु सभापतिमा निर्वाचित भए पाँच वर्ष अरु कुनै पदमा नरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी निर्वाचनमा काँग्रेसलाई एक्लै लड्न सक्ने पार्टी बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । “मैले काँग्रेस चितवनको सभापतिको रुपमा काम गर्ने अवसर पाए भने जनाताका माझ काँग्रेसलाई एक्लै चुनाव लड्न सक्ने पार्टी बनाउने प्रतिवद्धता व्यक्त गर्छु”, उहाँले भन्नुभयो ।
काँग्रेस सेवामुखी पार्टी बन्नु पर्ने उहाँको भनाई थियो । सेवामुखी राजनीतिलाई मूख्य नारा बनाएका खनालले योग्यता र क्षमताको आधारमा जिम्मेवारी बाँडफाँड गर्ने स्पष्ट पार्नुभयो । उहाँले आफु एक व्यक्ति एक पदमा विश्वास गर्ने बताउनुभयो । गुट उपगुट भन्दा पनि चितवन काँग्रेसलाई बलियो पार्टी बनाउने टिमलाई लिएर जिल्ला अधिवेशनमा होमिने उहाँको भनाई थियो । उहाँले ६ गते हुने महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि ६ पदाधिकारीसहितको टिम बनाएर अघि बढ्ने बताउनुभयो ।
काँग्रेसको १२ औं र १३ औं महाधिवेशनमा भएको घटनालाई आफुले नजिकबाट नियालेको भन्दै उनले १४ औं महाधिवेशनमा चुस्त र दुरुस्त काँग्रेस निर्माण गर्ने संकल्प गर्नुभयो । सबैलाई समेट्दै सिङ्गो काँग्रेसलाई बलियो बनाउन तर्फ आफु केन्द्रित हुने उहाँको भनाई थियो ।
२०४३ सालमा नेपाल विद्यार्थी संघ चन्द्रावती मावि तनहुँबाटबाट विद्यार्थी राजनीति हुँदै राजनीतिक यात्रा सुरु गरेका खनाल हाल काँग्रेस महासमिति सदस्य हुन् । काँग्रेसको जिल्ला अधिवेशन कार्तिक १० गते भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुँदैछ ।
१४ बुँदे घोषणा पत्र
काँग्रेस चितवनको सभापति पदका उम्मेदवार खनालले १४ बुँदे घोषणा पत्र पनि सार्वजनिक गर्नुभएको छ । घोषणापत्रमा वार्षिक कार्ययोजना तर्जुमा, केन्द्रीय निर्देशन कार्यान्वयन, कार्यालय व्यवस्थापन र सुचना प्रणाली, संस्थागत निर्णयको परिपाटीलगायत उल्लेख छ ।
यस्तै क्षेत्रीय प्रतिनिधि महासमिति महाधिवेशनका प्रतिनिधिलैऐ जिम्मेवारी, सल्लाहकार परिषद्को व्यवस्था, उपबिजेता तथा निर्वाचनमा असफल हुनेहरुको व्यवस्थापन,प्रशिक्षको व्यवस्था, संघीय, प्रदेश र स्थानीय निर्वाचनको तयारी एवं कार्य व्यवस्थापन, अभिलेख र मुल्याङ्कन, भातृ तथा शुभेच्छुक संस्थाहरुको अद्यावधिक र परिचालन, पार्टी भित्रको तदर्थवाद,गुटगत,जातिवाद,क्षेत्रगत समस्याहरु समाधान तथा पूर्वाधार बिकास, जनसरोकारका बिषयहरु र विपत्तिमा पार्टी परिचालन लगायतका बिषयहरु घोषणा पत्रमा उल्लेख छन् ।