सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आन्तरिक राजस्व कार्यालय भरतपुरमा कर सप्ताह सुरु


  •    न्युजभित्तो/१ मंसिर २०७८, बुधबार १६:०३ 
  • चितवन, १ मङ्सिर । दशौं कर सप्ताहअन्तर्गत जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ ।

    आन्तरिक राजस्व कार्यालय भरतपुरले आजदेखि सुरु गरेको कर सप्ताह मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । विगत दुई वर्ष कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण खासै कार्यक्रम नगरिए पनि यसवर्ष सङ्क्रमण घट्दै गएकाले सप्ताहव्यापी रुपमा कार्यक्रम गर्न लागिएको सो कार्यालयले जनाएको छ ।

    कार्यक्रमअन्तर्गत आज शुभारम्भ, करदाता सम्मान, २ गते सेवाग्राहीलाई करदाता शिक्षा कार्यक्रम, ३ गते उद्योग वाणिज्य सङ्घ रत्ननगरमा करदाता शिक्षा, ४ गते उद्योगीसँग करदाता शिक्षा, ५ गते सहकारीकर्मीलाई करदाता शिक्षा, ६ गते अडिटरको समस्या समाधानका लागि अन्तक्र्रिया र ७ गते समापन कार्यक्रम रहेको छ ।

    उद्घाटन समारोहमा बोल्ने अधिकांश वक्ताले लगानीमैत्री वातावरण तयार गर्न राज्यले अझै नसकेको बताएका थिए । सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्ले राज्यले लगानीको सुरक्षा र लगानीमैत्री वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै जिल्लामा अहिले उद्योग क्षेत्रमा समस्या नरहेको बताउनुभयो । उहाँले करदाता र कर प्रशासन प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिनुभयो ।

    उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ, उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोतन कँडेल, नेपाल अडिटर्स एशोसिएशनका सल्लाहाकार सूर्यप्रसाद अधिकारी, नारायणी सामुदायिक अस्पतालका कार्यकारी निर्देशक विष्णु कुँवर, करअधिकृत हरिराम ढकाल लगायतले करदाता शिक्षाको विविध पक्षमाथि बोल्नुभएको थियो ।

    सो अवसरमा आर्थिक वर्ष २०७६÷७७ मा उत्कृष्ठ आयकर बुझाउने नारायणी सामुदायिक अस्पताललाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ठ कार्यसम्पादन गर्ने दुईजना कर्मचारीलाई समेत सम्मान गरिएको थियो । यसअघि उद्योग वाणिज्य सङ्घ चितवनबाट प्रभातफेरी निकालिएको थियो ।

    कार्यालयका प्रमुख घनश्याम पन्थीले चालू आर्थिक वर्षको हालसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिनुभयो । राजस्व सङ्कलनमा देशको चौंथो स्थानमा पर्न सफल भएको यस कार्यालयले चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा रु ६ अर्ब ४९ करोड ६५ लाख २३ हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

    कात्तिकसम्मको राजस्व सङ्कलनका लागि विभागले कार्यालयलाई रु पाँच अर्ब २० करोड ९७ लाख १२ हजार लक्ष्य दिएको थियो । सङ्कलित रकम लक्ष्यको २४ दशमलब ७० प्रतिशतले बढी हो । उहाँका अनुसार कार्यालयले कात्तिक मसान्तसम्म आयकरतर्फ रु ७२ करोड ५६ लाख १८ हजार, घरबहाल करतर्फ रु ९८ लाख ३८ हजार, ब्याजकरतर्फ रु दुई लाख ३८ हजार, मूल्य अभिवृद्धि करतर्फ ५७ करोड चार लाख ६५ हजार, अन्तशुल्कतर्फ रु पाँच अर्ब १४ करोड तीन लाख ५५ हजार, स्वास्थ्यसेवा करतर्फ रु नौ हजार र शिक्षा सेवा करतर्फ रु दुई हजार राजस्व सङ्कलन भएको छ । कार्यालयअन्तर्गत एक लाख ४६ हजार ५५१ करदाता रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.