सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘शारदादेवी\ढुण्डीराज भट्टराई–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा


  •    न्युजभित्तो/१ मंसिर २०७८, बुधबार १५:१३ 
  • काठमाडौँ, १ मङ्सिर । क्रियाशील आर्थिक पत्रकारको साझा संस्था नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले रु एक लाख राशिको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

    बैंकिङ तथा बीमा विज्ञका रुपमा रहनुभएका रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले सो पुरस्कार घोषणा गरेको हो । भट्टराई हाल महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत ९सिईओ० का रुपमा कार्यरत हुनुहुन्छ ।

    उहाँले आफ्ना मातापिताको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेको जनाउँदै पुरस्कारका लागि आवश्यकपर्ने स्रोत अक्षय कोषका रुपमा रकम उपलब्ध गराउने बताउनुभयो ।

    नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी÷ढुण्डीराज भट्टराई–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ का नामले सो पुरस्कार प्रदान गर्ने जनाएको छ । सम्झौताअनुसार भट्टराईले नाफिजलाई पुरस्कारको स्रोत व्यवस्थापनका लागि रु दश लाखको चेक हस्तान्तरण गर्नुभएको छ । सोही रकमको ब्याजबापत प्राप्त हुने रकमबाट हरेक वर्ष उत्कृष्ट आर्थिक पत्रकारलाई निश्चित कार्यविधि बनाइ छनोट गरी पुरस्कृत गरिने नाफिजले जनाएको छ ।

    “मेरा बुबा र आमाको सम्झनामा आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने सोच अनुसार नाफिजसँग मिलेर यो काम गरेको हुँ, यसले आर्थिक पत्रकारितामा संलग्नको लेखनवृत्तिका लागि प्रोत्साहन मिल्ने अपेक्षा गरेको छु”, हस्ताक्षर कार्यक्रममा उहाँले भन्नुभयो । उहाँले नेपालमा आर्थिक पत्रकारिताको बलियो जग बसाउनु आवश्यक रहेको र त्यसका लागि सम्मान तथा पुरस्कारको सङ्ख्या तथा गुणस्तर दुवै बढाउनुपर्नेमा जोड दिनुभयो ।

    नाफिज अध्यक्ष मोदनाथ ढकालले रु एक लाख राशिको ठूलो आर्थिक पत्रकारिता पुरस्कार घोषणा गर्न पाउँदा खुसी लागेको र यसले नाफिज आवद्ध पत्रकारलाई थप मेहनतका लागि पनि प्रेरित गर्ने बताउनुभयो । “यो पुरस्कार मात्रै होइन, आर्थिक पत्रकारितामा अब्बलता देखाउने प्रेरणा पनि हो, यसले थप गतिशील, अनुशासित र तथ्यपरक आर्थिक पत्रकारिताका लागि प्रेरणा दिने नाफिजले अपेक्षा गरेको छ”, उहाँले भन्नुभयो ।

    पुरस्कारसम्बन्धी सम्झौता पत्रमा आज नाफिज अध्यक्ष ढकाल र दाता भट्टराईले हस्ताक्षर गर्नुभएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.