सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आयात घटाउन र निर्यात बढाउन सरकारले पहल गर्नुपर्छः उपाध्यक्ष ढकाल


  •    न्युजभित्तो/१ मंसिर २०७८, बुधबार १४:४७ 
  • झापा, १ मङ्सिर । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले करको दायरालाई फराकिलो बनाउनुपर्ने बताउनुभयो ।

    आन्तरिक राजस्व कार्यालय भद्रपुर र विर्तामोड उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा झापाको विर्तामोडमा आज आयोजित दशौं कर दिवस कार्यक्रममा उहाँले साना करदातालाईसमेत समेटेर अघि बढ्नसके मात्र राजस्वमा सुधार आउने बताउनुभयो ।

    वरिष्ठ उपाध्यक्ष ढकालले नेपाली वस्तु उत्पादन गरेर सकेसम्म बढी निर्यात गर्ने र आयात घटाउने हो भने पनि राजस्वमा उलेख्य वृद्धि हुने बताउँदै आन्तरिक उद्योग बढाउन र धेरैभन्दा धेरै मानिसलाई करको दायरामा ल्याउन फराकिलो नीति अवलम्बन गर्न सरकारसँग माग गर्नुभयो ।

    आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख शुभ रिजालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा साहेबवाला ट्रेडिङ प्रालि भद्रपुरका अजय साहेबवाला, फिक्कल उत्तम स्टोरका कुमार श्रेष्ठ, पाँचथरका जय अम्बे ट्रेर्डस एण्ड सप्लायर्सका राजन काफ्ले र सलिना सप्लायर्सका तिलमाया भट्टराई रहेका छन् ।

    त्यसैगरी सो अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा टीकादत्त दाहाललाई पनि सम्मान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.