सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘ए’ डिजिभन लिग फुटबललाई पुन : कतार एयरवेजले प्रायोजन गर्ने


  •    न्युजभित्तो/१ मंसिर २०७८, बुधबार १४:०२ 
  • काठमाडौँ, १ मङ्सिर ।अखिल नेपाल फुटबल सङ्घ (एन्फाले)यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको लागि कतार एयरवेजसँग प्रायोजन सम्झौता नवीकरण गरेको छ ।

    (एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार कतार एयरवेज थप एक वर्षका लागि लिगको प्रायोजन गर्ने भएको छ ।

    कतार एयरवेजले अघिल्लो संस्करणको लिगमासमेत मुख्य प्रायोजकको रुपमा प्रायोजन गरेको थियो । यही मङ्सिर ३ गतेदेखि आयोजना हुने ‘ए’ डिभिजन लिगमा विभिन्न १४ टोली सहभागी छन् । यसमा त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, सङ्कटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब र हिमालयन शेर्पा फुटबल क्लब छन् ।

    त्यसैगरी सातदोबाटो फुटबल क्लब, मनाङ मस्र्याङदी फुटबल क्लब, थ्रि स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेण्ड्स फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताको खेलको लागि साधारणतर्फ टिकट दर रु एक सय र भीआइपीतर्फ रु पाँच सय मूल्य निर्धारण गरिएको छ ।
    यसपटक अन्तिम स्थानमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन् । लिग बिजेता टोलीले रु ७५ लाख तथा उपविजेताले रु ५० लाख पाउनेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.