सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मणिपालको खाली जग्गामा छिट्टै ठूलो परियोजना आउँछ : प्रचण्ड


  •    न्युजभित्तो/१ मंसिर २०७८, बुधबार १३:५७ 
  • जलेश्वर, १ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरीको सदरमुकाम जलेश्वरमा वर्षौंदेखि खाली रहेको मणिपालको जग्गामा छिट्टै ठूलो परियोजना आउने बताउनुभएको छ ।

    रामगोपालपुर नगरपालिकामा एकैसाथ आठ स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा जाँदै गर्दा सोही सडकखण्डमा पर्ने जलेश्वर नगरपालिका–१ स्थित मणिपालको जग्गा नजिकै आज बिहान साढे ११ बजे स्थानीयवासीले उहाँलाई रोकेर वर्षौंदेखि किसानको उब्जाउ जग्गा ओगटेर मणिपालले बञ्जर बनाइरहेकामा दुःखेसो सुनाएपछि उहाँले सो जग्गामा चाँडै ठूलो परियोजना बसाल्ने बताउनुभएको हो ।

    तीस वर्षअघि जलेश्वरभित्र पर्ने बजराही, रतवारा, बखरीसहितका गाउँलेको अन्नको भण्डारका रुपमा रहेका करोडौँ मूल्यको ३६ बिघा बढी जग्गा किसानले मणिपाललाई इन्जिनियरिङ कलेज निर्माणका लागि दिएका थिए । प्रत्येक किसानको घरका एक जनालाई निःशुल्क इन्जिनियरिङ शिक्षा पढाउने सर्तमा मणिपालले किसानहरुको जग्गा मात्र रु १० हजार प्रतिकट्ठाका दरले लिइएको थियो ।

    किसानको दुःखेसो सुनेर प्रचण्डले नआत्तिन आश्वासन दिँदै चाँडै सो जग्गाभित्र नेपाल सरकारको ठूलो परियोजना स्थापना हुने बताउनुभयो । स्थानीय किसानले प्रचण्डलाई फूलमाला लगाएर स्वागत गरेका थिए भने प्रचण्ड सो स्थानमा पाँच मिनेट मात्रै किसानको कुरा सुनेर उनीहरुलाई आश्वासन दिँदै रामगोपालपुरतिर लाग्नुभएको थियो ।
    –––

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.