सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्मचारीलाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ कार्यकर्ता धरौटीमा रिहा


  •    न्युजभित्तो/१ मंसिर २०७८, बुधबार ११:२५ 
  • जनकपुरधाम,१ मंसिर । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरु रिहा भएका छन् ।

    पक्राउ परेका सबै जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् । पक्राउ परेका १७ जनामध्ये सात जना एक लाख र १० जना ५० हजार धरौटीमा रिहा भएको धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिए ।

    प्रहरीले १७ जनालाई नियन्त्रणमा लिई अपराधिक अभद्र र अमानवीय व्यवहार मुद्दा चलाएको थियो । पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाहीका सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादवसहित १७ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो ।

    कात्तिक ४ गते दिउँसो लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत पार्टीका कार्यकर्ताले कुशवाहालाई नियन्त्रणमा लिएर पैदलै हिँडाई जनकपुरधाम उपमहानगरपालिकासम्म लगेका थिए । कुशवाहको कपडा च्यात्नुका साथै उनीहरुले शरीरमा हिलो छ्यापिदिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.