सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कैलालीका ३ स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन, १० वटामा आज निर्वाचन


  •    न्युजभित्तो/१ मंसिर २०७८, बुधबार १०:२७ 
  • धनगढी,१ मंसिर । नेपाली कांग्रेस कैलालीले तीनवटा स्थानीय तहमाअधिवेशन सम्पन्न गरेको छ । प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारकाअनुसार कैलारी गाउँपालिका, मोहन्यालगाउँपालिका र बर्दगोरिया गाउँपालिकामाअधिवेशन सम्पन्न भएको छ ।

    मोहन्याल गाउँपालिकामा प्रेमबहादुर बुच्चामगरलाई पराजित गर्दै सभापतिमा कमल साउद प्यानलसहित निर्वाचित भएको सुनारले जानकारी दिए । उनकाअनुसार बर्दगोरिया गाउँपालिकामा प्रतिद्वन्द्वी महेन्द्र शाहलाई पराजित गर्दै कृष्ण बिष्ट प्यानलसहित सभापतिमा निर्वाचित भएका छन् ।

    कैलारी गाउँपालिकामाअहिलेकै सभापति कृष्णबहादुर चौधरी दोहोरिएका छन् । चौधरीको नेतृत्वमा सर्वसम्मतिबाट गाउँ समिति चयन गरिएको बताउँदै सुनारले निर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गर्न बाँकी रहेको जनाए ।

    मंगलबार स्थगित भएका चारसहितअन्य १० स्थानीयतहमा बुुधबार अधिवेशन हुुँदैछ । धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र भजनी नगरपालिकामा आज बुधबार अधिवेशन उद्घाटन हुुँदैछ भने गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुुहा नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र चुुरे गाउँपालिकामा बन्द सत्र चलिरहेको छ । यी स्थानीय तहमा सहमतिको प्रयास भइरहेको कांग्रेसले जनाएको छ । सहमति हुन नसकेमा दिउँसो निर्वाचन हुने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.