सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शेयर बजारमा झण्डै ७० अंकको वृद्धि, आधा दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  •    न्युजभित्तो/३० कार्तिक २०७८, मंगलवार १६:१८ 
  • काठमाडौं,३० कात्तिक । मंगलबार सेयर बजारको परिसूचक नेप्से झण्डै ७० अंकले बढेको छ । लगातार दोस्रो दिन दोहोरो अंकले बढेको बजार परिसूचक नेप्से मंगलबार ६९.२२ अंकले बढेर २७८४.५८ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

    मंगलबार दोस्रोे बजारमा २२७ कम्पनीको एक करोड ९३ हजार २२१ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुगेको छ । जसमा १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट आएको छ । एक कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।

    मंगलबार कारोबारमा आएका सबै उपसमूहमा हरियाली छाएको छ । मंगलबार महालक्ष्मी विकास बैंक, नेशनल हाइड्रोपावर कम्पनी र अपि पावर कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । महालक्ष्मीको ३७ करोड २६ लाख, नेशनलको ३० करोड ४२ लाख र अपिको २३ करोड ३६ लाख रुपैयाँ भन्दा बढीको शेयर दोस्रो बजारमा खरिद बिक्री भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.