सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बन्दको विरोधमा युवाको मोटरसाइकल याली


  •    न्युजभित्तो/३० कार्तिक २०७८, मंगलवार १४:४८ 
  • दमौली, ३० कात्तिक । नेपाल बन्दको विरोधमा युवाहरुले आज बिहान दमौलीमा मोटरसाइकल याली निकालेका छन् । व्यास–५ स्थित नागरिक समाजका युवाले बन्दको विरोधमा दमौली बजारमा मोटरसाइकल याली निकालेका हुन् ।

    ‘नेपाल बन्द नगरौं, जनतालाई गरिखान देउ, मूल्यवृद्धि फिर्ता गरौं’ नारा लेखिएको ब्यानरसहित नेपालको झण्डा लिएर युवाले ¥याली गरेका थिए । चापाघाटबाट सुरु भएको ¥याली मुख्यचोक, भोर्लेटारचोक, गणेशमानचोक, मालपोतलाइन, अनसन चोक हुँदै ट्राफिक चोकमा पुगेर टुङ्गिएको थियो । बन्द सदाका लागि बन्द गर्नुपर्ने मागसहित शान्तिपूर्ण ¥याली गरिएको नागरिक समाजका हिमाल श्रेष्ठले जानकारी दिनुभयो ।

    १३ बन्दकर्ता नियन्त्रणमा

    नेपाल बन्द गराउन सडकमा खटिएका १३ बन्दकर्ता दमौलीबाट ११ र डुम्रेबाट दुई बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको डुम्रे बजारबाट मगर मुक्तिमोर्चाका राष्ट्रिय सम्मेलन समिति सदस्य नीरु थापा र युवा सङ्गठन सदस्य सङ्घर्ष पक्राउ परेको प्रहरीले जनाएको हो।

    यसअघि बिहानै दमौली बजारबाट विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी एटम, ब्यास नगर इन्चार्ज ओम पन्त, मजदूर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारीका जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेका थिए । नेपाल बन्दका कारण दमौलीलगायत विभिन्न ठाउँका बजार बन्द छ । सवारीसाधन कम मात्रामा सञ्चालनमा भएका छन् । सञ्चालन भएका सवारीसाधनलाई प्रहरीले सुरक्षा दिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । नेपाल बन्दका क्रममा हालसम्म कुनै अप्रिय घटना नभएको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.