सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काग्रेस निर्वाचन : डोटीमा पार्टी सभापतिका लागि आकाङ्क्षी धेरै


  •    न्युजभित्तो/३० कार्तिक २०७८, मंगलवार १४:३६ 
  • डोटी, ३० कात्तिक  । नेपाली कांग्रेसको पार्टी जिल्ला सभापति तथा अन्य पदाधिकारीका लागि जिल्लामा कांग्रेस नेताहरुबीच रस्साकस्सी सुरु भएको छ । पार्टी सभापतिको उम्मेदवारको आकाङ्क्षी भएको जानकारी दिन अहिले केन्द्रदेखि जिल्ला स्तरीय नेता अहिले जिल्लामा पुगेका छन् । यतिमात्र नभई आफू पार्टीको सभापति पदको उम्मेदवार भएको जनाउँदै कतिपय नेताहरुले सामाजिक सञ्जाल फेसबुकमा समेत जानकारी दिन थालेका छन् ।

    लामो समयदेखि काठमाडौँ तथा तराईका लागि कैलालीमा बसोबास गर्दै आएका यहाँका कांग्रेस नेता अहिले जिल्लामा आएका कारण यहाँको चुनावी चहलपहल निकै बढेको नेता राजेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाबाहिर बसोबास गर्ने नेताहरु अहिले पार्टीको महाधिवेशनका लागि जिल्लामा आउनुभएको छ, कतिपय कार्यकर्तासँग भोट माग्न थालेका कारण यहाँको चुनावी चहलपहल निकै बढेको छ ।” पार्टी केन्द्रीय कार्यालयले १४औँ महाधिवेशनका लागि जिल्ला अधिवेशन आगामी मङ्सिर ५ र ६ गते तोकेपछि जिल्लामा नेताको चहलपहल झनै बढेको हो ।

    कांग्रेस विधानले दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी लिनसक्ने व्यवस्था गरेको छ । वर्तमान जिल्ला सभापति प्रदीपकुमार देउवा अझै एक कार्यकाल सभापतिको उम्मेदवार हुन् पाउने भएपछि सो पदमा आकाङ्क्षा देखाइरहनुभएको जनाइएको छ ।

    गत महाधिवेशनमा सभापति देउवासँग पराजित हुनुभएका रामप्रसाद उपाध्यायको नाम यसपटक पनि निकै चर्चामा छ । उहाँले आफूलाई स्वाभाविक उम्मेदवार रहेको र पालो पनि आफ्नो भएको बताउँदै आएनुभएको छ ।

    यसैगरी महासमिति सदस्यद्वय नरेन्द्रबहादुर सिंह र भूमिराज बडूले पनि सभापति पदमा आफ्ना दाबेदारी प्रस्तुत गर्दै आउनुभएपछि जिल्लामा कांग्रेस निर्वाचन निकै रोमाञ्चक हुने आङ्कलन गरिएको छ ।

    यसैगरी कांग्रेस युवा नेताहरु दिलबहादुर बम तथा नरबहादुर ढाँट (पाल) ले पनि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको सामाजिक सञ्जालमा राख्नुभएको छ ।

    उम्मेदवारका दाबेदार नेताहरु अहिले खुलेर आफ्नो पक्षमा माहोल बनाउन कार्यकर्ताहरुसँग भेटघाट अभियानमा लागिरहेका छन् । यस्तै डोटी कांग्रेसमा लामो समयदेखि सक्रिय नेताका रुपमा चिनिँदै आउनुभएका लक्ष्मीराज पाठकको पनि सभापति पदमा चर्चा चलेको छ । विद्यार्थी राजनीतिदेखि नै निष्ठा र त्यागको राजनीति गर्दै आउनुभएका उहाँलाई पार्टीको सभापति बनाउनुपर्ने धारणा कार्यकर्ता पङ्क्तिमा रहेको कांग्रेसका अर्का नेता पदमराज जोशीले जानकारी दिनुभयो । प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का क्षेत्रीय सभापति सीताराम जोशीले पनि जिल्ला सभापतिको पदका लागि तीव्र आकाङ्क्षा देखाई रहनुभएको बुझिएको छ । सभापति पदका लागि आकाङ्क्षा सार्वजनिक गर्नेमा पूर्वपार्टी उपसभापति दीपककुमार विष्ट पनि रहनुभएको छ । आफू विगतमा पार्टी उपसभापति भइसकेकाले सभापति पदका लागि आफू योग्य हुनाका साथै नियमसङ्गत रुपमा पनि आफूले पार्टी सभापति पाउनुपर्ने उहाँको भनाइ छ ।

    पार्टीको जिल्ला समितिमा सह–सचिव, सचिव हुँदै उपसभापतिसम्मको भूमिका निर्वाह गरिसकेकोले यस पटक सभापतिको जिम्मेवारी आफूले पाउनुपर्ने उहाँको दाबी छ ।

    यस्तै आकाङ्क्षा सार्वजनिक गर्नेहरुमा उपसभापति लक्ष्मण सिंह, जिल्ला कार्यसमिति सदस्य जीतबहादुर खड्का रहनुभएको छ । सिंहले आफू उपसभापति भइसकेकाले सभापतिको स्वाभाविक उम्मेदवार रहेको बताउँदै आउनुभएको छ भने, खड्काले आफू जिल्लामा सधँै उपलब्ध हुनसक्ने र कार्यकर्तासँग प्रत्यक्ष जनसम्पर्कमा रहनसक्ने व्यक्ति रहेकाले उम्मेदवारी पाउनुपर्ने बताउँदै आउनुभएको छ । प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवार रहनुभएका नेता पदमराज जोशीको नाम चर्चामा रहे पनि उहाँले सार्वजनिक रुपमा सभापतिको आकाङ्क्षी भएको बताउनु भएको छैन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.