आज सत्तारूढ गठबन्धनले बनाएको समन्वय समितिको पहिलो बैठक बस्दै
न्युजभित्तो/३० कार्तिक २०७८, मंगलवार १४:१६
काठमाडौं, ३० कार्तिक । सत्तारूढ गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्ने भएको छ।
आज सिंहदरबारमा बैठक बस्ने भएको हो।संयोजक रामचन्द्र पौडेलले आज अपरान्ह ३ बजेका लागि बैठक बोलाएको उनका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले बताए। समसामयिक राजनीतिक घटनाक्रमबारे आज छलफल गर्ने तयारी छ।गठबन्धनमा रहेका पाँच दलबाट दुई-दुई जना र सरकारका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की समन्वय समितिमा छन्। दुईरदुई महिनामा आलोपालो गरी समन्वय समितिको संयोजक परिवर्तन गर्ने सहमति छ।