सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

न्यायाधीशविरुद्ध पनि आन्दोलन गर्ने बारको चेतावनी, आज पनि इजलासमा कोही बसेनन्


  •    न्युजभित्तो/३० कार्तिक २०७८, मंगलवार १२:५९ 
  • काठमाडौँ,३० कात्तिक । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका न्यायाधीहरुविरुद्ध समेत आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    बारका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई साथ दिने वो उनको निरन्तरताका लागि पहल गर्ने न्यायाधीहरु विरुद्ध समेत आन्दोलन गर्ने बताएका हुन् । आज पनि बारको नेतृत्वमा कानुन व्यवसायीहरूले सर्वोच्चमा धर्ना जारी राखेका छन् ।

    लामो आन्दोलन र दबाबपछि पनि प्रधानन्यायाधीशले राजीनामा नदिने देखिएपछि न्यायाधीशहरु नै विभाजित भएका छन् । प्रधानन्यायधीशको भूमिकाप्रति असन्तुष्ट न्यायाधीशहरुको समूहबाट पाँच जना न्यायाधीशले अलग्गिएको घोषणा गरेका थिए । उनीहरुले इजलासमा बस्ने र प्रधानन्यायाधीशलाई सपोर्ट गर्ने आकलन गरिएको थियो, तर मंगलबार ती न्यायाधीश पनि इजलासमा भने बसेका छैनन् ।

    न्यायाधीश तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, कुमार चुडाल र मनोज कुमार शर्माले सोमबार आन्दोलनरत न्यायाधीशहरुको छलफलमा सहभागी नहुने घोषणा गरेका थिए । केही सातादेखि प्रधानन्यायाधीशलाई हटाउने आन्दोलनमा रहेका न्यायाधीशहरू नै विभाजित भएपछि बारले उनीहरूप्रति पनि खबरदारी गर्न थालेको हो ।

    मंगलबार प्रन्या जबराले विभिन्न इजलास र मुद्दाहरुको पेशी तोकेका छन् । तर दिउँसोसम्म पनि कुनै पनि इजलासमा न्यायाधीशहरु भने बस्न मानेका छैनन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.