सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपसभापतिमा बानियाको उम्मेदवारी


  •    न्युजभित्तो/२९ कार्तिक २०७८, सोमबार १७:०७ 
  • चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशन नजिकिदैं जाँदा जिल्लामा बिभिन्न पदहरुमा बिभिन्न व्यक्तिहरुले आफ्नो उम्मेदवारी घोषणा गर्दै आएका छन् । यसै क्रममा माओवादी द्धन्द्धकालमा चितवनको पहिलो आक्रमणमा परि घाईते हुनु भएका महेश वहादुर वानियाले पनि आँफुलाई उपसभापति पदको उम्मेदवरको रुपमा अघि सार्नु भएको छ ।
    बानियालाई २०५६ साल माघ १४ गते पहिलोपटक चितवन आक्रमणका क्रममा बिरेन्द्र बहुमुखि क्याम्पसमा माओवादी नेता कार्यक्रताहरुले मरणासन्न हुने गरि कुटपिट गरेका थिए । तत्कालिन स्ववियू उपसभापति रहनुभएका बानिया अहिले आफ्नो नाफाको जिवलनाई राजनितिमा ल्याउनु भएको हो । काङ्ग्रेसको निष्ठावान कार्यकर्ताको रुपमा रहनु भएका बानिया २०३० सालमा साबिक मंगलपुर गाउविकास समितिमा जन्मनु भएको थियो । पिता बुद्धिबहादुर बानिया, माता यमुकारी बानियको कोखबाट जनमनु भएका महेशको राजनैतिक यात्रा बाल्यकालमा नै भएको थियो ।
    काँग्रेसले सञ्चालन गरेको सत्याग्रहको समयमा आँफ्नै घरबाट बिभिन्न योजनाहरु वन्ने गरेको र पार्टी कार्यालय समेत रहेकाले उहाँलाई काग्रेसको राजनितिमा आउन सहज भएको हो । पारिवारीक रुपमा उहाँको सामिप्यता वढ्दै जाँदा उहाँले क्याम्पस जिवनमा माओवादीको आक्रमणमा पर्नु परेको थियो ।
    वि. सं. २०५३ सालमा बिरेन्द्र बहुमुखि क्याम्पसको स्ववियू उपसभापति संगै उहाँले तरुणदल जिल्ला सदस्य, नेबिसंसघको केन्द्रिय बिद्यार्थी बिभाग सदस्य र नेपाली काँग्रेस चितवनको आमन्त्रीत जिल्ला सदस्य भई काम गरिसक्नु भएको छ । नेपाल रेडक्रश सोसाईटि मंगलपुरको सदस्य, भलिवल संघको जिल्ला अध्यक्ष, खेलकुद बिकास समितिको सदस्य भएर जिम्मेवारी पूर्ण ढङ्गले काम गरिसक्नुभएको छ ।
    पार्टी सुदृढिकरण, आन्तरिक बिबाद अन्त्य र निष्ठावान कार्यकर्ताको सम्मानका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ । निष्ठावना कार्यकर्ताहरुको बास्तबिकता वुझ्न नसक्दा काँग्रेस पछि परेको भन्दै उहाँले “राईट मेन राईट प्लेस” अभियान पार्टीभित्र सञ्चालन गर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.