चितवन, २९ कात्तिक । नेकपा (माले) को आठौं महाधिवेशनले महासचिबमा पुनः सीपी मैनालीलाई चयन गरेको छ । महाधिबेशनको वन्द शत्रले ५९ सदस्यिय केन्द्रिय कमिटी चयन गरे संगै आज वसेको पहिलो बैठकले महासचिबमा मैनालीलाई चयन गरेको हो ।
कात्तिक २७ देखि आज सम्म सञ्चालन भएको महाधिबेशनले बिधान संसोधन गरि हाल रहेको केन्द्रिय समितिको संख्या थप गरि ८१ पुयाएको छ । पुषमा बस्ने मालेको केन्द्रय समितिको वैठकले अन्य पदाधिकारी र बिभागीय जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको नेकपा मालेका केन्द्रिय सदस्य दिननाथ घिमिरेले जानकारी दिनुभयो । महाधिबेशनमा नेपाली क्रान्तिको कार्यक्रमः नयाँ जनबाद र राजनैतिक प्रतिवेद महासचिब मैनालीलले प्रस्तुत गर्नुभएको थियो ।
स्थायी कमिटी सदस्य एनपी आचार्यद्धारा संगठनका सिद्धान्त, डम्बर श्रेष्ठद्धारा पार्टी बिधान संसोधन, पार्टी प्रबक्ता कुमार बेलबासेद्धारा पार्टीको तात्कालिन कार्यनीति र दिननाथ घिमिरेद्धारा संगठनात्मक प्रतिवेदन पेश गर्नुभएको थियो । पेश गरिएका प्रतिबेधनहरु सुझाब सहित पारित गर्ने निर्णय भएको घिमिरेले जानकारी दिनुभयो । महाधिबेशनले अहिलेको बेलायति सैलीको संसदिय प्रणाली नेपालमा असफल भई सकेकाले यसको खारेज गरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संबैधानिक राष्ट्रप्रमुख वनाउने निर्णय समेत गरेको छ । बिधान संसोधन गरि सानो आकारको मन्त्री परिषदको व्यवस्था गरेको छ । मालेले बिधानमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र बिज्ञ मन्त्री परिषद १५ सदस्यिय कायम गरेको घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अन्य बिज्ञ सदस्य रहने बिधानमा उल्लेख गरेका छौ । सांसदहरु मन्त्री वन्न नहुने बिधानमा उल्लेख गरिएको छ ।”
संसदिय निर्वाचन पूर्ण समानुपातिक हुनु पर्ने मालेले बिधानमा उल्लेख गरेको छ । बिधिको आधारमा दल चल्नु पर्ने, नेपाली मोडलको संघियता कायम गरी प्रदेश खारेज गर्नुपर्ने मालेको मुख्य माग रहने गरि महाधिबेशन सम्पन्न भएको हो । महाधिबेशनले सात सदस्यिय बरिष्ठ कम्युनिष्ट सदस्य कमिटि गठन गर्ने निर्णय समेत गरेको छ ।
महाधिबेशन पछि पत्रकारहरु संग संक्षिप्त कुराकानी गर्दै महासचिब मैनालीले नेकपा मालेलेलाई जनताको पार्टी बनाउने बताउनुभयो । अहिलेको बाटो सबै कम्युनिष्टको अमाक्सबादी बाटो रहेको भन्दै उहाँले गलत सोच लिएर हिड्नेहरु देशका लागि काम नसक्ने बताउनुभयो । नयाँ शक्तिलाई लिएर देश, जनताको आबश्यकता अनुसार देश र जनताले मागे अनुसार परिवर्तन दिने पार्टीको रुपमा मालेलाई अघि वढाउने उहाँले प्रतिवधता व्यक्त गर्नुभयो ।
अहिलेको संसदिय व्यवस्था खारेज गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउन माले लाग्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “राजनीतिलाई देश मुखि, भ्रष्टाचार मुक्त, देशका समस्या देशमुखि भएरै समाधान गर्नु पर्ने मालेको मुद्धा रहने छ ।” यस्ता कामले र मुद्धाले पार्टीलाई बलियो वनाउने उहाँले बिश्वास व्यक्त गर्नुभयो ।