सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले महाधिवेशन प्रतिनिधिलाई सौराहाका व्यवसायीले दिए ५० प्रतिशतसम्म छुट


  •    न्युजभित्तो/२९ कार्तिक २०७८, सोमबार १५:०७ 
  • चितवन,२९ कात्तिक । सौराहाका व्यवसायीहरुले नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरुलाई लक्षित गरी ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि स्थानीय व्यवसायीले छुटको घोषणा गरेका हुन् ।

    नारायणगढस्थित नारायणी नदी किनारमा उदघाटन समारोह र सौराहामा बन्दसत्र गर्ने निर्णय एमालेले गरिसकेको छ । यससँगै सौराहामा चहलपहल थप बढेको छ । एमाले नेताहरु दिनहुँजसो सौराहा आउने र जानकारी लिने गर्न थालेका छन् भने व्यवसायीहरु पनि आ–आफ्नो तयारीमा व्यस्त छन् ।

    एमाले महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि होटेल व्यवसायीहरुले मंसिर ९ गतेदेखि १३ गतेसम्म सौराहामा हुने गोष्ठी, विवाह, सेमिनार लगायतका अन्य सबै कार्यक्रमहरु स्थगित गरेका छन् ।

    एमालेले बुक गरेका होटलमा ५० प्रतिशतसम्म छुट दिइएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । बिहानको नास्ता र बेलुकाको खानाको दर र मेनु सबै होटलमा एकै प्रकारको गरिने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष भट्टराईले बताए ।

    होटलको स्तर अनुसार कोठालाई ए, बी र सी गरेर वर्गीकरण गरिएको छ । एमाले प्रतिनिधिहरुलाई बेलुकाको खाना र बिहानको नास्ता बसेकै होटलमा खुवाउने तय भएको छ । बिहानको खाना भने बन्दसत्र हुने होटलमा नै प्रवन्ध मिलाइएको छ ।

    सवारी साधन पार्किङका लागि दुई बिघा क्षेत्रफलमा व्यवस्थापन गरिँदैछ । होटलमा बास बस्नेलाई सवारी साधन त्यहीँ राख्न र हिँडेर बन्दसत्र स्थलसम्म जान भन्ने सूचना व्यवसायीहरुले दिने होटल सञ्चालक माधव दवाडीले बताए ।

    चार दिन अन्य सबै कार्यक्रम स्थगित

    एमाले महाधिवेशनको बन्द सत्र सौराहामा हुने भएपछि मंसिर ९ गतेदेखि १३ गतेसम्म सौराहामा हुने अन्य विभिन्न कार्यक्रम, गोष्ठी, विवाह, सेमिनारहरु रोकिएको क्षेत्रिय होटल संघका अध्यक्ष भट्टराईले बताए । हाम्रो सबै जनशक्ति नै यहीँ लाग्छ, अरु काम गर्न भ्याइन्न, अध्यक्ष भट्टराईले मंसिर ९ देखि १३ गतेसम्म कुनै अन्य कार्यक्रम नलिने भन्नेछ ।’

    कोभिड पछिको सौराहा खुल्ला भएपछि ‘घुमौ सौराहा’ अभियान चलाएर विभिन्न ठाउँमा आफूहरु जानुपर्नेमा देशभरका प्रतिनिधिहरु आउँदा आफूहरुलाई खुुसी लागेको उनको भनाइ छ ।

    निकुञ्जमा समेत आन्तरिक पर्यटक बढ्ने आशा

    पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकमा भर परेको सौराहा पर्यटकहरुका लागि चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र तथा सामुदायिक वन प्रवेश गर्ने मुख्य नाका पनि हो ।

    यहाँबाट मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा हात्ती सफारी चल्ने गरेको छ भने निकुञ्जमा जीप सफारी हुन्छ । एमालेको राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधि तथा समर्थकहरु जंगली सफारीमा जान यहाँबाट सजिलो हुन्छ । यहाँ ४५ भन्दा बढी निजी हात्ती छन् ।

    निकुञ्जमा सौराहा क्षेत्रबाट ३२ जीप दैनिक जान्छन् । निकुञ्जले प्रतिजीप ५ हजार र प्रत्येक नेपाली पर्यटकसँग १५० रुपैयाँ शुल्क लिन्छ ।

    कोरोना भाइरसको महामारीका बीच गत आर्थिक बर्ष ९२ हजार २ सय ९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । तीमध्ये ८९ हजार ६ सय १ नेपाली थिए । निकुञ्ज सफारीमा जाने पर्यटकले वन क्षेत्रसँगै विभिन्न वन्यजन्तु, तालतलैया, चराचुरुङ्गी अवलोकन गर्न पाउँछन् । मुख्य रुपमा दुर्लभ एकसिंगे गैंडा, पाटे बाघ, भालु, घडियाल गोही अवलोकनका लागि पर्यटकहरु निकुञ्ज जाने गर्दछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.