सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साताको शेयर बजार : १६ अर्बको कारोबार


  •    न्युजभित्तो/२७ कार्तिक २०७८, शनिबार १६:१२ 
  • काठमाडौँ, २७ कात्तिक । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो ।

    साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार भयो । दुई दिन बिदा परेकाले साताभर पूर्णरुपमा कारोबार हुन पाएन । तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो नै लाग्यो ।

    बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान गरिएको छ । एउटा संस्थाबाट रु चार करोड र बढीमा रु १२ करोडसम्म मात्रै सेयर धितो कर्जा लिन पाउने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिका कारण पनि बजारले गति समात्न नसकेको विश्लेषण भइरहेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल २३० कम्पनीको शेयर कारोबार भयो । पहिलो दिनको कारोबारको तुलनामा अन्तिम दिनसम्म १३९.३५ अङ्कले नेप्से परिसूचक ओरालो लागेको देखिन्छ । कूल दुई करोड ८६ लाख ४०९ कित्ता शेयर रु १६ अर्ब ६ करोड ८० लाख ५१ हजार १९० मूल्यमा खरिद बिक्री भए ।

    दीपावलीको बिदापछि खुलेको पहिलो कारोबार दिन नै नेप्से परिसूचक भने दोहोरो अङ्कले ओरालो लाग्यो । सोमबार नेप्से १९.२० अङ्कले घटेर दुई हजार ८२९.६४ मा आर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत २.७१ ले ओरालो लागेर ५२८.३७ मा झरेको थियो । त्यस दिन कारोबार रकम पनि खासै बढेको देखिएन । कूल २३० कम्पनीको ७२ लाख सात हजार ३९६ कित्ता शेयर रु चार अर्ब ४२ करोड सात लाख १९ हजार १०३ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ७९ अर्ब सात करोड ६६ लाख १० हजार बराबर रहेको थियो ।

    नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर भने ओरालो लाग्यो । त्यस दिन कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु ५२ करोड १० लाख तीन हजार ५९० बराबरको कारोबार भयो ।

    मङ्गलबार नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो । त्यस दिन नेप्से परिसूचक ७९.७९ अङ्कले घटेर दुई हजार ७४९.८५ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.०२ अङ्कले घटेर ५१२.०२ मा ओर्लियो । त्यस दिन नेप्से परिसूचक उच्च अङ्कले घटे पनि कारोबार रकम औसतमा सीमित रह्यो ।

    कूल २२५ कम्पनीको एक करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर रु छ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ वटै उपसमूहको शेयरमा पहिरो गयो । त्यस दिन नबिल बैंक शीर्ष स्थानमा रही रु २९ करोड ८२ लाख ८१ हजार ७५२ कारोबार भयो । मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावरको शेयर ९.९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यसैगरी, आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो ।

    साताको अन्तिम दिन बिहीबार पनि नेप्से उच्च अङ्कले घट्यो । त्यस दिन नेप्से ५९.५७ अङ्कले घटेर दुई हजार ६९०.२९ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६३ अङ्कले घटेर ५०२.१९ मा पुग्यो । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने औसतमा नै सीमित भयो । कूल २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर रु पाँच अर्ब ११ करोड ९६ लाख दुई हजार ५४० मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लाग्यो ।

    बिहीबार महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रही रु ४७ करोड ४९ लाख ३४ हजार ५२१ बराबरको कारोबार भयो । कारोबारका आधारमा मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
    –––

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गृहमन्त्री गुरुङद्वारा राजीनामा घोषणा
    महेन्द्र राजमार्गमा सडक सुरक्षा कार्यक्रमः दुर्घटना न्यूनीकरणका लागि संरचना सुधार
    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    • मनहरी गाउँपालिकाद्वारा करदाता सेवा सुरु
    • दाङको विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या
    • ‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’
    • गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.