सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुर्खेतमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु


  •    न्युजभित्तो/२७ कार्तिक २०७८, शनिबार १६:२५ 
  • सुर्खेत,२७ कात्तिक । वीरेन्द्रनगरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

    सुर्खेत–जुम्लारोडको बाङ्गे सिमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे १ ह–८४४ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा वीरेन्द्रनगर–१, की ४४ वर्षीया जमरा शाहीको मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएकी शाहीको कर्णाली केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र उनको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले जानकारी दिए ।

    त्यस्तै अटोमा सवार अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगरका ५३ वर्षीय लक्ष्मीबहादुर शाही र २० वर्षीय जगत शाही रहेका छन् ।

    एसपी श्रेष्ठका अनुसार उनीहरु सामान्य उपचारपछि घर फर्किएका छन् । रिक्सा आफैं अनियन्त्रित भएर सडकको कलभर्टमा ठोकिएको प्रहरीले बताएको छ ।

    अटो चालक वीरेन्द्रनगर १ का २४ वर्षीय रमेश शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.