सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अदालतमा राजनीतिक हस्तक्षेप गरेर हुँदैन, समस्याको समाधान त्यहीँ भित्रबाट खोज्नुपर्छ: अध्यक्ष यादव


  •    न्युजभित्तो/२७ कार्तिक २०७८, शनिबार १५:३४ 
  • काठमाडौँ, २७ कात्तिक। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या चाँडै निरुपण हुने बताएका छन् । विराटनगरमा आज ९शनिबार० पत्रकारहरूसँगको कुरकानीको क्रममा उनले यस्तो बताएका हुन्।

    उनले भने, ‘न्यायालयभित्रको समस्याको समाधान त्यहीँ भित्रबाट खोज्नुपर्छ र उहाँहरूले गर्नुहुन्छ, एकाध दिन ढिलोचाँडो मात्रै हो । अदालतमा राजनीतिक हस्तक्षेप गरेर हुँदैन किनकि दुनियाँमा कहीँ पनि यस्तो चलन छैन । त्यसैले गठबन्धनले समस्याको समाधान सम्बन्धित निकायबाटै चाहेको हो।’ मुलुकमा अहिले देखिएको समस्याको मूल कारण त्रुटीपूर्ण संविधान नै भएकोले संशोधन गरेर परिमार्जन गर्नुपर्ने अध्यक्ष यादवको जोड थियो।

    ‘अहिलेको संविधानलााई संशोधन गरेर परिमार्जन गर्नु नै राम्रो हुन्छ किनकि संशोधन हुन नसके मात्रै अन्य विकल्प खोज्ने हो,’ उनले भने, ‘संविधान संशोधनका लागि दुईतिहाइ बहुमत आवश्यक हुन्छ । तर, अहिलेको सत्तारुढ गठबन्धनसँग त्यो छैन, त्यसका लागि अर्ली इलेक्सन एउटा पाटो हो ।’

    संविधान संशोधन आम नेपाली र सबै दलको सरोकारको विषय भइसकेकोले यसका लागि साझा सहमति आवश्यक भएको अध्यक्ष यादवले बताए । नेता यादवले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० बारे राष्ट्रिय सहमति आवश्यक रहेको बताएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.