सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिराले अवरुद्ध कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक नखुल्दा सास्ती


  •    न्युजभित्तो/२७ कार्तिक २०७८, शनिबार १५:१४ 
  • डोटी, २७ कात्तिक । असोज अन्तिम साता परेको बेमौसमी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर बन्द भएको जिल्लाको कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक अहिलेसम्म पनि नखुल्दा स्थानीय बासिन्दालाई समस्या भएको छ । असोज ३० गतेदेखि परेको अविरल वर्षासँगै यस सडकखण्डका विभिन्न ठाउँमा पहिरो आएर यातायात सेवा बन्द भएको हो । सडक अझै नखुल्दा दैनिक उपभोग्य वस्तु किन्न र आफूले उत्पादन गरेका वस्तु बजारसम्म लैजानसमेत कठिन भएको जोरायल गाउँपालिका–५ फलेदा गाउँका जोगी सार्कीले बताउनुभयो ।

    बन्द सडक खुलाउनका लागि पटक–पटक शिखर नगरपालिका, जोरायल गाउँपालिका तथा डिभिजन सडक कार्यालयमा आग्रह गर्दासमेत कुनै पहल नभएकाले स्थानीय बासिन्दा आक्रोशित भएको ऐरीगाउँका रामबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक बन्द भएको एक महिना भइसक्यो, खोल्नका लागि कुनै पहल भएको छैन, मान्छे बिरामी पर्दासमेत अस्पताल लैजान सक्ने अवस्था छैन ।”

    सडक नखुल्दा गाउँमा उत्पादित साग, तरकारी तथा फलफूल बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको अर्का स्थानीयवासी शेरबहादुर चोखालको गुनासो थियो । यसैगरी सडक बन्द भएपछि गाउँमा गाडी नजाँदा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत आकाशिएको उपभोक्ताले बताए । गाउँमा गाडी नआउने र एक दिनको पैदल दूरीबाट सामान बोकेर ल्याउनुपरेका कारण दैनिक उपभोग्य वस्तु महङ्गिएको जोरायल गाउँपालिका–५का व्यापारी उद्धबबहादुर देउवाले बताउनुभयोे । सडक बन्द हुँदा सदरमुकाम आउजाउ गर्न घण्टौँ टाढा पर्ने कैलालीको शिवनगर तथा डोटीको भीमदत्त राजमार्गको बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी धर्मसिंह खडायतले जानकारी दिनुभयो ।

    उता डिभिजन सडक कार्यालयले दिपायल–नापानी हुँदै गड्सेरा जोड्ने सडक शिखर नगरपालिका तथा जोरायल गाउँपालिका मातहत भएका कारण त्यो सडक खोल्न नगरपालिका र गाउँपालिकाले नै पहल गर्नुपर्ने बताएको छ । वर्षाका कारण बिग्रिएको सडक खुलाउनका लागि डोजर भइरहेको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “जोरायल क्षेत्रबाट सडक खुलाउने काम भइरहेको छ, ठाउँ–ठाउँमा ठूल्ठूला पहिरा गएकाले केही समस्या भएको हो, पहिराले बन्द भएका सडक चाँडै खोल्छौँ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.