सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हामी फुटेका होइनौं, हामीले एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गर्न बाध्य भयौं : नेता खनाल


  •    न्युजभित्तो/२७ कार्तिक २०७८, शनिबार १४:५२ 
  • काठमाडौं,२७ कात्तिक । नेकपा एसका सम्मानित नेता वरिष्ठ नेता झलनाथ खनालले एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गरेर नयाँ पार्टी खोल्न परेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै खनालले एमालेबाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने ठहर गर्दै नयाँ पार्टी खोल्नु परेको पनि बताए ।

     

    दुईतिहाई बहुमतलाई केपी शर्मा ओली नेतृत्वको सरकारले सदुपयोग गर्न नसकेको भन्दै उनले ओलीले गुट मात्रै चलाएका कारण अहिलेको परिस्थिति आएको आरोप लगाए । भने– हामी फुटेका होइनौं, हामीले एमाले गुटको व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेका हौं ।

    पार्टी क्रमिक रुपमा विकास भइरहेको भन्दै उनले मात्रात्मकरुपमा मात्रै भन्दा पनि गुणात्मक रुपमा पनि विकास गर्नुपर्ने बताए ।

    पुँजिवादी जनवादी क्रान्ति पूरा भइसकेको तर्क गर्दै उनले अबको समाजवादी क्रान्तिको नेतृत्व नेकपा एसले मात्रै गर्नसक्ने बताए ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.