सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बारीबाटै गोलभेडा बिक्री हुँदा किसान दङ्ग


  •    न्युजभित्तो/२७ कार्तिक २०७८, शनिबार १४:०० 
  • दमौली, २७ कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मलागिरीका कृषक सुरेन्द्र वाग्ले बारीबाटै गोलभेडा बिक्री हुन थालेपछि उत्साहित बन्नुभएको छ ।

    सर्वसाधारण गोलभेडा खरिदका लागि बारीमै पुग्न थालेपछि उहाँ उत्साहित बन्नुभएको हो । विचौलिया बिना टनेलबाटै प्रतिकिलो रु एक सयमा गोलभेडा बिक्री भइरहेको वाग्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिला प्रतिकिलो रु २५ मा बिक्री हुन गाह्रो भइरहेको थियो, दसैंका बेला बजारमा भाउ बढ्यो, अहिले टनेलबाटै खोसाखोस भइरहेको छ ।”

    बजारमा मूल्य बढ्दा गाउँमै माग धेरै भएको वाग्लेको भनाइ छ । “बजारबाट पनि माग आएको छ । उत्पादन भएको सबै गाउँमै बिक्छ, माग अनुसार पु¥याउन सकेको छैन”, उहाँले भन्नुभयो । दसैंका बेला गोलभेडा राम्रो विक्री भएको वाग्लेले बताउनुभयो । “गाउँमा आएकाले पनि फर्किदा गोलभेडा किनेर लग्ने गरेको छ”, उहाँले भन्नुभयो, “बारीबाटै गोलभेडा बिक्री हुँदा सहज भएको छ ।” उहाँका अनुसार बारीमै आएर किनबेच हुँदा किसान र उपभोक्ता दुवैलाई फाइदा पुगेको छ ।

    टनेलबाट प्रतिकिलो रु ८० देखि रु एक सयसम्म बिक्री हुने गरेको चापस्वाँराका किसान इन्द्र आलेले बताउनुभयो । अहिले पाएको मूल्यले किसानलाई राहत पु¥याएको उहाँको भनाइ छ । “मिहिनेत अनुसारको मूल्य पाउँदा किसानलाई निरन्तरता दिन हौसला मिल्छ । लगानीको प्रतिफल पाएपछि लगनशील समेत बनाउँछ”, उहाँले भन्नुभयो, “यो समयमा परिश्रम अनुसारको फल पाइएको छ । विगतका वर्षमा गोलभेडा निकै सस्तोमा बेच्नु परेको थियो ।”

    बारीबाट बिक्री नहुँदा व्यापारीलाई कम मूल्यमा दिँदा लगानी पनि उठ्न गाह्रो हुने कृषक बताउँछन् । बजारबाट तरकारी व्यापारीले ठूलो परिणाममा गोलभेडाको माग गरेको छ । तर टनेलबाटै खुद्रा मूल्यमा बिक्री भएपछि बजारमा नपठाएको आलेले बताउनुभयो । यही मूल्य कायम रहे यसपाली गोलभेडा खेती गरेका किसानले मनग्य आम्दानी गर्ने उहाँले बताउनुभयो ।

    गोलभेडाको उत्पादन कम हँुदा बजारमा यसको मूल्य बढेको तरकारी व्यवसायी रामनन्द चौधरीले बताउनुभयो । उहाँका अनुसार यो सिजनमा तनहुँमा गोलभेडा भारतसँगै काठमाडौँ र धादिङबाट ल्याइन्छ । “महङ्गो भएपछि यतिबेला भारतको गोलभेडा ल्याइएको छैन । काठमाडौको मात्रै बजारमा आएको थियो । त्यसैले महङ्गो भयो । अब धादिङमा पनि उत्पादन सुरु भएको छ । बजारमा आउन थालिसक्यो, विस्तारै मूल्य घट्दै जान्छ,” उहाँले भन्नुभयो ।

    अरु बेला भारतीय गोलभेडा सस्तो मूल्यमा बजारमा छ्यापछ्याप्ती हुँदा किसानले मिहिनेत अनुसारको मूल्य नपाएको गुनासो गर्दथे । तर, अहिले टनेलबाटै खोसाखोस हुन थालेपछि किसान दङ्ग छन् । गोलभेडा खेती गर्ने किसानलाई स्थानीय सरकारले अनुदान दिन थालेपछि गाउँ–गाउँमा टनेलबाट गोलभेडा खेती थालिएको छ ।

    स्थानीय सरकारले महिला तथा युवा वर्गलाई उत्पादनसँग जोड्ने प्रभावकारी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिदैं उहाँले यस्ता उत्पादनमुखी कार्यक्रमको दीगोपनका लागि स्थानीय सरकार जिम्मेवार भएर लाग्नुको विकल्प छैन भन्नुभयो । “तीनवटा प्लाष्टिक टनेल हुने हो भने गोलभेडा, साग, बन्दा, काउली, सिमी, धनीया, काक्रोलगायत विभिन्न जातका मौसमी तथा बेमौसमी तरकारी खेती गरेर मासिक रु ३० देखि ५० हजारसम्म आम्दानी गर्न सकिन्छ”, किसान आलेले भन्नुभयो, “यसले पर्यापर्यटनको वृद्धिसँगै कृषिको माध्यमबाट स्थानीय स्तरमा रोजगारी सिर्जनामा समेत टेवा पु¥याउँछ ।”

    कृषि क्षेत्रको दिगो विकासका लागि जलवायु तथा वातावरणमैत्री प्रविधि र अभ्यासहरूको प्रयोग एवम् स्थानीय स्रोतसाधनको उचित व्यवस्थानमार्पmत उत्पादन र गुणस्तर वृद्धि गर्ने लक्ष्यका साथ कृषिमा अनुदान कार्यक्रम सञ्चालन हुँदै आएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.