सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय जनगणनामा राना थारू समुदायको अर्थपूर्ण सहभागिता


  •    न्युजभित्तो/२७ कार्तिक २०७८, शनिबार १३:२२ 
  • कञ्चनपुर, २७ कात्तिक । कैलाली कञ्चनपुरमा मात्रै बसोबास गर्ने राना थारू समुदायले राष्ट्रिय जनगणना–२०७८ मा सहभागिताका लागि समुदायलाई सचेतीकरण गरी सशक्त बनाएको छ ।

    राना थारू समुदायको बाहुल्यता रहेका क्षेत्रमा नेपाल राना थारू समाजले सचेतीकरण अभियान सञ्चालन गरेको हो । “जनगणनाका लागि घरदैलोमा पुग्ने गणकलाई सघाउ पु¥याउनका लागि अभियान सञ्चालन गरेका हौँ”, नेपाल राना थारू समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले भन्नुभयो, “पहिलोपटक राना थारू समुदायको पनि गणना हुँदैछ । यसमा हाम्रो पनि अर्थपूर्ण तरिकाले सहभागिता रहन्छ ।”

    सचेतीकरण अभियान सकेर गणकलाई सत्यतथ्य विवरण उपलब्ध गराउने कार्यमा जुटेको उहाँले बताउनुभयो । “यसअघिका जनगणनामा राना थारूलाई छुट्टै रुपमा समेटिएको थिएन”, उहाँले भन्नुभयो, “यस पटकको जनगणनाका लागि तयार गरिएको भाषाभाषीको प्रश्नावलीमा समेत राना थारू भाषालाई समेटिएको छैन ।”

    कन्फ्युजनको अवस्था रहेको छ । थारू शब्दावली मात्रै उल्लेख गरिएको छ । थारू मात्रै उल्लेख गरिएको शब्दावलीमा सही लगाउँदैनौँ । अन्य भन्ने कोलममा राना थारू भनेर जनाउँछौँ । थारू मात्रै लेख्दा राना छुट्छ । राना मात्रै लेख्दा थारू छुट्ने भएकाले अपूरो हुन्छ, त्यसैले मातृभाषामा राना थारू, पुख्र्यौलीदेखि बोलिने भाषामा राना थारू र जातजाति के हो भन्नेमा राना थारू भनेर जनाइने उहाँले बताउनुभयो ।

    “यसअघिका जनगणनामा थारू मात्रै लेख्दा छुट्टै पहिचान भएको समुदाय भनेर चिनिएनौँ । राज्यले नीतिनिर्माण गर्दा समेटिएनौँ । अब त्यस्तो गल्ती दोहरिन नदिनका लागि सचेत भएका छौँ,” अध्यक्ष रानाले भन्नुभयो । राना थारू समुदायको छुट्टै आदिवासी जनजातिको सूचीमा सूचीकृतसँगै भाषासमेत सूचीकृत भइसकेको अवस्थामा पनि राज्यका हरेक क्षेत्रमा पहुँच पुग्न सकेको छैन । राना थारू समुदायको उपस्थितिबारे राज्यलाई पूर्णरुपमा जानकारी नहँुदा राना थारू समुदाय अधिकारबाट वञ्चित हुँदै आएको राना थारू समुदायका अगुवाहरुको भनाइ छ ।

    “सूचीकृत भएर मात्रै नपुग्ने भएकाले राना थारू समुदायको अवस्थाबारे जानकारी हुन आवश्यक छ”, सुग्रिव रानाले भन्नुभयो, “यसका लागि जनगणनामा राना थारूको भाषासँगै, छुट्टै संस्कृति, पहिरन, चालनचलन, रहनसहन र सङ्ख्या यकिन हुन्छ । त्यसकै आधारमा राज्यले नीतिनिर्माण गर्ने, कानुन निर्माण गर्ने र आरक्षणको व्यवस्था गर्छ ।”

    भूगोल, जातिअनुसार आरक्षण र जनसङ्ख्याका आधारमा नीतिनिर्माण हुने भएकाले जनगणनाका लागि पुग्ने गणकलाई सत्यतथ्य सूचना उपलब्ध गराउनका लागि खटिएको उहाँले बताउनुभयो । “पछाडि पारिएको समुदाय भएकाले अधिकारबाट वञ्चित रहेको छ”, स्थानीयवासी रामभरोसा रानाले भन्नुभयो, “यसका लागि राज्यले आरक्षण दिनुपर्छ । राज्यका हरेक तहमा पहुँच पु¥याउनुपर्छ । यसका लागि जनगणनामा सहभागिता जनाएका छौँ ।”

    जनगणनाका लागि गणकलाई सत्यतथ्य जानकारी उपलब्ध गराई शिक्षा, स्वास्थ्य, आवाससँगै रोजगारीका हरेक क्षेत्रमा राना थारू समुदायको पहुँचका अभिवृद्धि गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । जनजातिको सूचीमा छुट्टै रुपमा सूचीकृत भएपछि भाषा सूचीकरणसँगै राना थारू समुदायको शब्दकोश निर्माण र व्याकरण निर्माणको कार्यसमेत गरिएको छ । जनगणनामा छुट्टै रुपमा राना थारू समुदायको जनगणना हुँदैछ, यो नै उपलब्धि भएको सुदूरपश्चिम प्रदेशसभाका सदस्य श्यामलाल रानाले बताउनुभयो ।

    राना थारू समुदायको पहिचानको मुद्दालाई निष्कर्षमा पु¥याउनका लागि राजनीतिक, सांस्कृतिक, प्रशासनिक, न्यायिक र शैक्षिक क्षेत्रमा पहुँच पु¥याउनका लागि जनगणनामा सहभागिता नै प्रमुख हतियारका रुपमा रहेको उहाँको भनाइ छ । यी मुद्दालाई निष्कर्षमा पु¥याउनका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर जनगणनाका कार्यक्रमलाई सफल बनाउनु रहेको उहाँले बताउनुभयो ।

    विसं २०७६ माघ २० गते सरकारले राना थारू समुदायलाई छुट्टै पहिचान दिई आदिवासी जनजातिको सूचीमा सूचीकृत गरेको थियो । कैलाली र कञ्चनपुरमा तीन लाख ३० हजारभन्दा बढी राना थारू समुदायको जनसङ्ख्या रहेको बताइन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.