सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौर्य ऊर्जाबाट बिजुली निकाल्दै गुठीचौर


  •    न्युजभित्तो/२७ कार्तिक २०७८, शनिबार १२:४४ 
  • खलङ्गा, २७ कात्तिक । जुम्लाको गुठीचौर गाउँपालिकाले सौर्य ऊर्जाबाट बिजुली निकाल्ने भएको छ । वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जाबाट बिजुली निकाल्न थालिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाभित्र रहेका झण्डै दुई सय घरधुरीलाई बिजुलीको पहुँचमा ल्याउनका लागि सौर्य ऊर्जाबाट बिजुली बाल्न लागिएको हो ।

    विगतदेखि नै यो वडा अन्धकार थियो । हुनेखानेले सोलार प्यानल जडान गरेर बिजुली बालिरहेका थिए । विपन्न घरपरिवारले सल्लाको दियालोको भरमा उज्यालो पारेका छन् । अन्धकारमा बस्न बाध्य यहाँका स्थानीयवासीर्ले निकट भविष्यमै सौर्य ऊर्जाको बत्ती पाउने भएका छन् । योसँगै सल्लाको दियालो बालेर उज्यालो गर्ने युगको अन्त्य हुने छ । कुनै पनि घर बिजुलीविहीन हुने छैनन्, सबै घरधुरीमा बिजुली पु¥याउन स्थानीय सरकार लागिपरेको छ । गाउँगाउँमा सडक, घरघरमा बिजुली, एक घर एक धाराको अवधारणा साकार पार्न लागिएकोे अध्यक्ष भण्डारीले बताउनुभयो ।

    सौर्य ऊर्जाका लागि रु तीन करोड ५६ लाख विनियोजन गरिएको र यसबाट ५० वाटको बिजुली बत्ती बालिने छ । गाउँपालिकाका कुनै पनि बस्ती बिजुलीविहीन नहुने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताउनुभयो । वर्षौंदेखिको बिजुली बाल्ने सपना पूरा हुने भएको छ । बिजुली नहुँदा विद्यार्थी र ज्येष्ठ नागरिकलाई सास्ती हुने गरेको थियो ।
    गुठीचौरमा ‘होमस्टे’
    यहाँको गुठीचौर गाउँपालिकाभित्र ५३ होमस्टे सञ्चालनमा अएका छन् । सो गाउँपालिका–१ कोल्ते र चोत्रा गाउँमा जुम्ला सदरमुकाम खलङ्गा हुँदै डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई दृाष्टिगत गर्दै स्थानीयवासीले होमस्टे सञ्चालनमा ल्याएका हुन् । होमस्टेमा पर्यटकले सम्मान एवं सत्कार पाएका छन् । यहाँको रैथाने वस्तुको खानाले होमस्टे राम्ररी चलिरहेको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो ।

    होमस्टेको व्यवस्थापन प्रभावकारी बनाउँदै पर्यटकमैत्री व्यवहारबारे स्थानीयवासीलाई जागरुक बनाउने कार्य भइरहेको छ । अध्यक्ष भण्डारीले भन्नुभयो, “होमस्टे यहाँका रैथाने वस्तुको प्रवद्र्धन र स्थानीय भाषा संस्कृतिको संरक्षणका लागि स्थापना भएका हुन् । होमस्टेमा आउँदा पर्यटकले आफ्नो घरमा पुगेको जस्तो अनुभूति गरून् भन्ने हेतुले सबै व्यवस्थापन भएको छ ।” गाउँपालिकाले होमस्टे सञ्चालनका लागि सहयोग गर्ने गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । होमस्टे व्यवस्थित बनाउनका लागी पालिकाले होमस्टे सञ्चालकलाई आवश्यक सामाग्री प्रदान गरेको गाउँपालिकाको स्टोर शाखाप्रमुख मोतिप्रसाद जैसीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.